नेभिगेसन मेनु

युक्रेनमाथि रुसको मिसाइल आक्रमण: ५१ जनाको मृत्यु, २७१ घाइते
सम्पादक:南亚网络电视
समय:2024-09-04 12:15

ukraine-russia

१९ भाद्र २०८१ः रुसले युक्रेनमाथिको आक्रमण फेरि तिव्र बनाएको छ। मङ्गलवार रुसले गरेको मिसाइल आक्रमणमा परी ५१ जनाको मृत्यु भएको छ भने २७१ जना घाइते भएका छन्।

युक्रेनको मध्यपूर्वी क्षेत्रमा एक सैन्य तालिम केन्द्र र नजिकैको अस्पतालमा दुई वटा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बताए।

अधिकारीहरूले आक्रमण सोही नामको क्षेत्रको राजधानी पोल्टावा सहरमा भएको बताएका छन्। पोल्टावा किएभबाट करिब तीन सय ५० किलोमिटर दक्षिणपूर्वमा रहेको छ। रुसको सीमा नजिकै रहेको यो सहर किएभ र युक्रेनको दोस्रो सबैभन्दा ठूलो सहर खार्किभ बीचको मुख्य राजमार्ग र रेलमार्गमा छ।

रुसी आक्रमण पछि युक्रेनी नागरिक फेरि तनावमा आएका छन्।

२ वर्षभन्दा बढी समयदेखि जारी युद्धका कारण युक्रेनको जनजीवन निकै प्रभावित बनेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर