नेभिगेसन मेनु

चीनको शांघाईमा ७५ वर्षयताकै ठूलाे आँधी ,आँधीका कारण हजारौं मानिस विस्थापित
सम्पादक:南亚网络电视
समय:2024-09-17 16:24

shanghai aadhi

एस् ए टी भी,०१ असोज, काठमाण्डौं: चीनको व्यापारिक राजधानी मानिने शांघाईमा ७५ वर्षयताकै ठूलाे आँधी आएको छ। ‘बाबिन्का’ नामको आँधी ७५ वर्षयताकै ठूलो रहेको बीबीसी जनाएको छ ।

आँधीका कारण हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको खबरमा उल्लेख छ । चीनको मौसम विभागले बिबिन्का आँधीले शांघाईको तटीय क्षेत्रमा विध्वंस मच्चाएको र शहरका कैयौं संरचनामा असर पुगेको जनाएको छ । आँधीको पूर्वसूचना पाएलगत्तै शांघाई नगर प्रहरीले हिजो ततकालै चार लाख जनाभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारेको थियो ।

यस्तै चेओन्गामिङ जिल्लाबाट नौ हजार जना मानिसलाई पनि सुरक्षित ठाउँमा सारिएको सरकारले जनाएको छ । आँधीका कारण चीनमा सयौं उडान रद्द भएका छन् भने शांघाई जोड्ने सबैजसो राजमार्गहरू पनि बन्द भएका छन् ।आँधीको कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर