नेभिगेसन मेनु

KTFT –२ आयोजनाका सबै सुरूङ ब्रेक-थ्रु
सम्पादक:南亚网络电视
समय:2024-08-06 07:03

WeChat Image_20240806042849

एसए टिभी, हेटाैडा, साउन २१। काठमान्डाै तराई जाेड्ने दुर्त मार्ग अन्तर्गतको KTFT –२ आयोजनाका सबै सुरूङ  ब्रेक-थ्रु भएकाे छ । पोलि छङ्गदा निर्माण कम्पनीले मकवानपुरको बकैया गाउँपालिकास्थित धेद्रेको सुरुङ ब्रेक थ्रु भएसँगै निर्माण ठेक्का लिएको प्याकेज नम्बर दुईका सबै सुरुङहरु वारपार छेडिएको जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विस्फोटक पदार्थको स्विच थिचेर काठमाडौं–तराई द्रुतमार्गको ‘ब्रेक थ्रु’ गरेका हुन् । उनले सुरुङको काठमाडौंबाट निजगढतर्फ निस्कने १.७२८ किमि दूरीको सुरुङ खनिएसँगै ‘ब्रेक थ्रु’ गरेका हुन्। ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्रीको साथमा अर्थमन्त्री, रक्षा मन्त्री, भौतिक पूर्वाधार मन्त्री, प्रधानसेनापतीका साथै नेपालका लागि चिनियाँ र कोरियन राजदूतहरुको पनि सहभागीता थियो ।

WeChat Image_20240806042902

कर्यक्रमलाइ सम्बोधन गर्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भने, 'विगतमा जुन रफ्तारमा विकास हुनुपथ्र्यो, त्यो भएन, अब विकासको नमुना यो द्रुतमार्ग हुनेछ ।' द्रुतमार्ग अघि बढाउने सन्दर्भमा देखिएका बाधा ब्यवधानलाई समाधान गर्न सरकार तयार रहेको बताउँदै उनले द्रुतमार्ग निर्माणमा देखिएको व्यवधान राजनीतिक मात्र नभई अर्थतन्त्रसँग पनि जोडिएको स्पष्ट पारे ।

नेपालमा केही भएन भन्ने भाष्य खडा गर्न खोजिएको उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दू्रत मार्गको सुरुङ निमार्णले त्यसलाई खण्डन गरेको बताए । सांस्कृतिक अन्तरघुलन,राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण र पर्यटन उद्योगप्रवर्द्धन गर्न मुलुकको आत्मविश्वासको दृष्टान्तकारुपमा द्रुतमार्ग भएको बताउँदै प्रधानमन्त्री ओलीले देशमा पूर्णशान्ति र भयरहित वातावरणबनाउन प्रतिबद्ध रहेको धारणा राखे ।

WeChat Image_20240806042915

नेपालका लागि चिनका महामही राजदुत छन् साेङले  काठमान्डाै तराई जाेड्ने दुर्त मार्ग नेपालका लागि राष्ट्रिय गाैरबकाे आयाेजना भएकाे बताउदै यसभित्र नेपालकाे ठुला सुरूङहरू र अग्ला पुलहरूपर्ने बताए  ।उनले जटील पहाडी भाैगाेलीक कठिनाईका वाबजुत पनि आयाेजनाले   राम्राेकाम गरेकाे  ,परियाेजनाले स्वचालित निर्माण उपकरणहरू प्रयाेग गरेकाे जुन नेपालकाे लागि नयाँ प्रयाेग भएकाे र यसमा चिनियाँशिल्प र कुशल क्षमताकाे प्रयाेग भएकाे बताए । उनले यस आयाेजनाले नेपाल र चिन बीचकाे मित्रता थप प्रगाड बनाएकाे जुन दुबै देशकाे संयुक्त प्रयास बाट मात्र सम्भब भएकाे बताए ।

WeChat Image_20240806044245

कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले आयोजनाको हालसम्मको निर्माण प्रगति र चुनौतीबारे प्रधानमन्त्री ओलीलाई अवगत गराउँदै आयोजनाको भौतिक प्रगति ३५ दशमलव ९८ प्रतिशत रहेको जानकारी दिए।

WeChat Image_20240806044258

पाेली छङ्गदाका प्रबन्धक ल्यान किङले  "हामीले सधैं उच्च गुणस्तर र उच्च दक्षताकासिद्धान्तहरू पालना गरेका छौं र धेरै जनशक्ति र भौतिक स्रोतहरू लगानी गरेका छौं। निर्माणको क्रममा, हामीले उन्नत सुरूङ प्रविधि अपनाएका छौं र गुणस्तरलाई कडाईका साथ नियन्त्रण गरेका छौं।  सुरूङकाे सटीक प्रवेश प्राप्त भएकोछ, हामी यस परियोजनाको पूर्ण समापनको लागि कडा परिश्रम गर्नेछौं ।“ उनले भने 

WeChat Image_20240806044312

कार्यक्रमकाे अन्त्यमा पाेली छङ्गदाका प्रबन्धक ल्यान किङले उपस्थित अथीतीहरूलाई मायाकाे चिनाे उपहार प्रदान गरेका थिए ।

महादेवटारमा काठमाडौं छिर्ने र काठमाडौंबाट निजगढ जाने २ वटा सुरुङ खनिँदै छ । काठमाडौबाट निजगढततर्फ आउने सुरुङ ३ हजार ३ सय ८६ मिटरमध्ये २ हजार २ सय ८८ मिटर खनिसकिएको छ । त्यस्तै निजगढबाट काठमाडौंतर्फ आउने सुरुङको ३ हजार ३ सय २२ मिटरमध्ये २ हजार २९ मिटर खनिसकिएको छ । KTFT परियोजना नेपालको इतिहासमा सबैभन्दा ठूलो हुनुका साथै आर्थिक र सामाजिक रूपमा महत्त्वपूर्ण राजमार्गपरियोजनाहरू मध्ये एक हो।

आयोजना सम्पन्न भई यातायात सञ्चालनमा आएपछि यसले राजधानी काठमाडौंदेखि तराईको समतल क्षेत्र सम्मको यातायात सुविधामा ठूलो सुधार ल्याउने छ, जसले नेपालकोआर्थिक र सामाजिक विकासमा ठुलो टेवा पुग्ने छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर