नेभिगेसन मेनु

मर्मतका लागि पोखरा उड्दै गरेको सौर्य एयरको विमान दुर्घटना
सम्पादक:南亚网络电视
समय:2024-07-24 17:21

IMG_3994

 दुर्घटना भएको जहाज विमानस्थलको पछिल्लो भूभागमा खसेको थियो। तस्बिर: विशाल श्रेष्ठ/एस् ए टि भी

एस् ए टि भी, काठमाडौं, साउन ९ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सौर्य एयरलाइन्सको  ९ एन-एएमई कलसाइनको जहाज दुर्घटना भएको छ । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज बिहान करिब ११:१५ तिर विमानस्थल क्षेत्रभित्रै दुर्घटना भएको हो ।

विमानमा चालक दलका सदस्यसहित १९ जना सवार थिए । दुर्घटनास्थलबाट क्याप्टेन पाइलट मनीष शाक्यलाई उद्धार गरी केएमसी शिक्षण अस्पताल लगिएको जानकारी प्राप्त भएको छ। यस्तै, दुर्घटनामा परेका यात्रुहरूको शव भने महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको खुल्न आएको छ। दुईवटा शवको पहिचान गर्न सकिने अवस्थामा छन् बाँकीको शव जलेर चिन्न नसकिने अवस्थामा छ। यात्रुमध्ये एकजना महिला, एक १० वर्षीय बालक, एक विदेशी र अन्य पुरुष थिए। 

IMG_4079

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते हुनुभएका शाक्यको उपचारको लागि अस्पताल लगिएको थियो। सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते हुनुभएका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) को आकस्मिक कक्षमा उपचार भइरहेको छ। बुधबार बिहान करिब सभा ११ बजे जहाज दुर्घटनामा परेको थियो।

त्रिवि अस्पतालमा अहिले दुर्घटनामा परेका परिवारजनको भिड लागेको छ । शव पहिचानको कार्य जारी रहेको अस्पताल स्रोतले जनाएको छ । ग्राउण्डेड रहेको जहाजलाई मर्मतका लागि पोखरा लगेर मर्मत गर्ने क्रममा इन्जिनियर यज्ञप्रसाद पौडेल पनि सोही जहाजमा जाँदै हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा जहाज मर्मत गर्ने योजना रहेको थियो।

सो जहाज काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा जानका लागि उड्ने क्रममा आगो लागेको थियो । जहाज उड्ने क्रममा रनवे छेउमा रहेको कन्टेनरमा ठोक्किएको र दुई टुक्रा भएको थियो । 

325A9899

घटना लगत्तै नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले स्थलगत निरीक्षण गर्नु भएको छ। उद्दार र विमान दुर्घटनाको अवस्थाबारे बुझ्न गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्री पाण्डे सहित उच्च अधिकारीहरू विमानस्थल पुगेका थिए । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर