नेभिगेसन मेनु

आइसिसी ट्वान्टी २० विश्वकप : बंगलादेशलाई हराउँदै अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा, अस्ट्रेलिया बाहिरियो
सम्पादक:南亚网络电视
समय:2024-06-25 13:28

icc12024-06-25-11-06-15

बंगलादेशलाई डिएलएस पद्धतिमा ८ रनले हराउँदै अफगानिस्तान आइसिसी ट्वान्टी २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । वेष्ट इन्डिजको किङ्स टावनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय १६ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा बंगलादेश १७ं.५ ओभरमा अल आउट हुँदा मात्र एक सय पाँच रन बनाउन सक्यो ।

सन् २०१० बाट विश्वकप खेल्दै आएको अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा पुग्न सफल भयो ।  यसअघि सुपर आठबाट माथि बढ्न सकेको थिएन । योसँगै सेमिफाइनल समिकरण पूरा भएको छ । फाइनल प्रवेशका लागि भारत र इङ्ल्यान्ड तथा अफगानिस्तान र दक्षिण अफ्रिका भिड्नेछन् । 

बंगलादेशको इनिङ्समा ओपनर लिटन दासले ४९ बलमा पाँच चौका र एक छक्कासहित सर्वाधिक ५४ रन बनाए । अफगानिस्तानका कप्तान तथा स्पिनर रसिद खानले चार ओभरमा सर्वाधिक ४ किवेट लिएका थिए । नविन उल हकले तीन विकेट हात पारे । 

अफगानिस्तानको इनिङ्समा ओपनर रहमानुल्लाह गुर्वाजले ५५ बलमा ३ चौका र एक छक्कासहित सर्वाधिक ४३ रन बनाएका थिए । अर्का ओपनर इब्राहिम जाद्रनले १८ रन जोडे । पहिलो विकेटको लागि दुई खेलाडीबीच ५९ रनको साझेदारी भएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर