नेभिगेसन मेनु

ज्येष्ठ नागरिक सेवा भवन सञ्चालनमा
सम्पादक:南亚网络电视
समय:2024-06-05 11:44

foto-charnawati

जेठ २३ गते । ढिलै भए पनि  दोलखाको सैलुङ गाउँपालिका–७ त्रिवेणीमा निर्मित सुविधा सम्पन्न ज्येष्ठ नागरिक सेवा भवन सञ्चालनमा आएको छ । विविध कारणले करिब १५ वर्षमा भवन निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको चर्नावती त्रिवेणी विकास सङ्घका अध्यक्ष गुणबहादुर बुढाथोकीले बताउनु भयो । 

उहाँका अनुसार अहिले पहिलो चरणमा पाँच जना ज्येष्ठ नागरिकलाई सेवा दिन थालिएको छ । बिस्तारै सङ्ख्या बढाउँदै लाने सोच रहेको छ । सञ्चालनका लागि स्थानीय तहहरूलाई आर्थिक सहयोगका लागि आग्रह गरिएको छ । 

करिब २५ रोपनी जग्गामा बनेको भवनमा तीन तला र तलैपिच्छे तीन÷तीन वटा ट्वाइलेट बाथरुम सहितका २१ कोठा रहेका छन् । भवनभित्रै भान्सा कोठा र प्रतीक्षालय समेत रहेको छ । 

पहलकदमी थालिएको करिब १० वर्ष र निर्माण थालनी भएको करिब पाँच वर्षपछि निर्माण सम्पन्न भएको हो । चर्नावती वृद्धाश्रमको पहलकदमी २०६९ सालमा र २०७४ सालमा भवन निर्माण सुरु गरिएको हो । पाँच करोड रुपियाँमा भवन निर्माण हुने डीपीआर तयार भए पनि दुई करोड ५६ लाख रुपियाँमा ठेक्का सम्झौता भएपछि संरचना अधुरो पारेर छोड्दा लामो समय लागेको हो । 

पहिला महिला तथा बालबालिका कार्यालय मातहत रहे पनि पछिल्लो राजनीति विकाससँगै कसले हेर्ने भन्नेमै अन्योल बन्यो । चर्नावती त्रिवेणी विकास सङ्घका अध्यक्ष बुढाथोकीले भन्नु भयो, अन्तिममा गाउँपालिकाले हर्ने टुङ्गो लागेपछि निर्माण अघि बढेको हो । बजेट समयमा नआउने झन्झटले पनि निकै सतायो । अब भने तानतुन गरेर निर्माण सम्पन्न भएर सञ्चालनमा ल्याइएको छ । 

तामाकोसी, चर्नावती र गोपिखोलाको सङ्गम स्थल भएकाले यो क्षेत्रलाई त्रिवेणी भनिएको हो । भारतको गयामा श्राद्ध गर्न जानेलाई नेपाली उत्तर गयाको रूपमा रहेको चर्नावतीमा पहिला श्राद्ध नगरी तीर्थ पूरा नहुने भन्ने गरिएको बुढापाकाहरू  बताउँछन् । 

त्रिवेणी आसपासमा चार चौका भएको सीता चुलो, रामघाट, सीता कुण्ड, सीता पाइला आदि चिन्हका आधारमा स्थानका नामकरण भएका छन् । यो पवित्र स्थल भएकाले रामसीताको क्रिडास्थल रहेको ऐतिहासिक पाटो देखिन्छ । यो ठाउँ पवित्रताको हिसाबले मात्र होइन, काठमाडौँ, भारतको गया र चीनबाट पनि नजिक रहेको छ । 

यसको आसपासमा भीमेश्वर नगरपालिका, वैतैश्वर, तामाकोसी र सैलुङ गाउँपालिकाको पायक पर्ने ठाउँमा उत्तम त्रिवेणी घाट पनि निर्माण भइसकेको छ । 

यो ठाउँलाई नेपाली उत्तर गयाको विकासका निम्ति गुरुयोजना तयार भएको छ । गुरुयोजना अनुसार घाट, वृद्धाश्रम निर्माण भए तापनि अरू थुप्रै संरचना निर्माण गर्नुपर्ने छ । २५ करोड रुपियाँ लाग्ने भएकाले सबैको सहयोगको अपेक्षा गरिएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर