नेभिगेसन मेनु

एकल महिलालाई पाडी
सम्पादक:南亚网络电视
समय:2024-05-10 13:02

0d1b0324-763f-4b3f-b665-55f478a8ea63

वैशाख २८ गते । आयआर्जन बढाउन बलेफी गाउँपालिका–८ ले एकल महिलालाई भैँसीको पाडी सहयोग गरेको छ । आठ जना एकललाई अहिले एक लाख बराबरको उन्नत जातका पाडी सहयोग गरिएको छ । 

अरू एकललाई अर्को पटक पाडी वा चौपाया सहयोग गर्ने वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । वडाका अति विपन्न एकल महिलाहरू जसको कुनै आम्दानीको स्रोत नभएकाले आर्थिक रूपमा उन्नति गर्न वडाले सहयोगको आधार तयार गरी सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । सहयोग स्वरूप प्राप्त भएको पाडीलाई पालेर आम्दानी लिई घर व्यवहार चलाउने एकल महिला बालकुमारी पराजुलीले बताउनु भयो । पाडी सहयोगका कारण कृषिमा पनि मद्दत पुग्ने विश्वास लिइएको छ । 

वडा कार्यालयले एकल महिला, महिला, दलित, जनजातिहरूका समस्या पहिचान गर्दै उनीहरूको जीवनयापनमा सहजता ल्याउने कार्यक्रममा वडा जुटिरहेको उहाँ बताउनु हुन्छ । साथै दलित समुदायको अवस्था बुझिरहेकोले उनीहरूका लागि पनि सीपमूलक, आर्यमूलक कार्यक्रम ल्याउन लागिएको उहाँको भनाई छ । वडाका शिक्षा, स्वास्थ्य, सडक, सिचाई, विभिन्न भवन लगायतका विकास निर्माणमा वडा कार्यालय जिम्मेवार भएर लाग्दै आएको उहाँको कथन छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर