नेभिगेसन मेनु

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै
सम्पादक:南亚网络电视
समय:2024-05-27 11:38

bagmati-pradesh-sabha

जेठ १४ गते । बागमती प्रदेशसभाको बैठक आज सोमवार बस्दै छ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारले आगामी आव २०८१-८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न अपराह्न ३ बजेका लागि प्रदेशसभा बैठक तय गरिएको बागमती प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिनुभयो । 

बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधनसहित प्रदेश सरकारले संसद्मा पेस गरेको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । प्रदेश सरकारले आउँदो असार १ गते बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर