नेभिगेसन मेनु

प्रधानमन्त्रीसँग सभामुखको ४५ मिनेट छलफल
सम्पादक:南亚网络电视
समय:2024-05-15 12:24

prachanda-devraj-ghimire

जेठ २ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सभामुख देवराज घिमिरेबिच बालुवाटारमा ४५ मिनेट छलफल भएको छ । बैठक संसद् अवरोधकै विषयमा केन्द्रित रहेर छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । 

सभामुखले सांसदबाट विधेयकहरू पारित हुन नसकि रहेकाे बेला भइरहेको निरन्तरको अवरोधले जनस्तरमा वितृष्णा फैलिएको बताउनुभयो । संसद् सुचारु भए केही विधेयक तत्कालै पारित गर्न सकिने अवस्थामा रहेको, केही विधेयकलाई समितिमा पठाउन सकिने जानकारी दिनुभयो । 

उहाँले राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको सन्दर्भमा प्रतिपक्षीसँग तत्कालै सहमति गर्न अपिल गर्नुभयो । प्रधानमन्त्रीले आज सत्तापक्षका नेताहरूको बैठक बस्ने तयारी भएको जानकारी दिँदै भोलि बस्ने बैठक खुलाउने गरी निर्णयमा पुग्ने बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर