नेभिगेसन मेनु

हिमाल आरोहणका लागि सँगसँगै रुस र युक्रेनका आरोही
सम्पादक:南亚网络电视
समय:2024-05-10 13:24

Himal-Arohan

वैशाख २८ गते । अहिले रुस–युक्रेनबिच युद्ध चलिरहेको छ । तर त्यहाँका नागरिक मित्रवत् व्यवहारसहित एउटै समूहमा रहेर नेपालका हिमाल आरोहणका लागि आधार शिविरमा अभ्यासरत छन् । चालु वसन्तयाममा सगरमाथा, कञ्चनजङ्घा (प्रमुख), अन्नपूर्ण पहिलो, मनासलु, ल्होत्सेलगायतका हिमाल आरोहणका लागि रुसका ४६ र युक्रेनका २३ जना आरोही आधार शिविरमा आरोहण तयारीमा छन् । जसमध्ये रुसका ११ महिला र ३५ पुरुष तथा युक्रेनका आठ महिला र २३ पुरुष छन् ।

पर्यटन विभागका अनुसार आरोहण तयारीमा रहेकामध्ये कञ्चनजङ्घा आरोहण तयारी गरिरहेकी रुसी महिला आरोही नेतृत्वको टोलीमा  युक्रेनका दुई पुरुष र एक रुसी महिला छन् । विभागका एक अधिकारीले भन्नुभयो, “रुसी महिला आरोही एलिना पेकोभा नेतृत्वमा कञ्चनजङ्घा आरोहण तयारी गरिरहेको १५ जना आरोहीको एक समूह अहिले आधार शिविरमा छ । उक्त समूहमा इगोर कुसनिर र ओलेग इभान्चेको नाम गरेका दुई युक्रेनका पुरुष आरोही र एला मिसहिना नाम गरेकी एक रुसी महिला आरोही मित्रवत् व्यवहारसहित सँगसँगै आरोहण तयारी गरिरहेका छन् ।”

यसअघि सन् २०२२ को वसन्तयामको सगरमाथा आरोहणमा युक्रेनकी एन्ट्रोलिना र रुसकी लाना विश्व शान्तिको कामना गर्दै सगरमाथा आधार शिविर पुग्नुभएको थियो । यस वर्ष सगरमाथा आरोहणका लागि अनुमति लिएका आरोहीमध्ये रुसी महिला आरोहीले नेतृत्व गरेको एक समूहमा १३ पुरुष र एक महिलाले आरोहण तयारी गरिरहेका छन् । त्यस्तै युक्रेनका पुरुष आरोहीले नेतृत्व गरेको अर्को समूहमा तीन पुरुष र एक महिला आरोही रहेको विभागले जनाएको छ ।

सगरमाथा आधार शिविरमा रहेको पर्वतारोहण अनुगमन फिल्ड कार्यालयका प्रमुखका खिमलाल गौतमका अनुसार सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका रुस र युक्रेनका आरोही आरोहण अभ्यासका लागि पहिलो र दोस्रो शिविरतर्फ उक्लेका छन् । 

पर्यटन विभागका अनुसार यस वर्ष सगरमाथा आरोहणका लागि ६२ देशका ४१४ जनाले अनुमति लिएका छन् । अनुमति लिनेमा ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष रहेका छन् । अघिल्लो वर्ष सगरमाथा आरोहणका लागि ४७८ आरोहीले अनुमति लिएका थिए, जुन अहिलेसम्मकै सर्वाधिक हो । 

यस वर्ष सगरमाथासहित ३० हिमाल आरोहणका लागि ११२ आरोही समूहका ९७१ आरोहीले अनुमति लिएका छन् । उक्त हिमाल आरोहणको अनुमतिबापत हालसम्म ६७ करोड ४७ लाख १४ हजार ६१ रुपियाँ रोयल्टी जम्मा भएको छ । जसमध्ये सगरमाथाबाट मात्रै ५९ करोड २३ लाख पाँच हजार ९४९ रुपियाँ रोयल्टी उठेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर