नेभिगेसन मेनु

हवाई टिकटमा भ्याट हटाउन माग
सम्पादक:南亚网络电视
समय:2024-04-11 12:45

Tourism-CNI

चैत २९ गते । हवाई टिकटमा लगाइँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउनुपर्ने निजी क्षेत्रले माग गरेको छ । नेपाल उद्योग परिसङ्घले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागी निजी क्षेत्रका प्रतिनिधिले पर्यटन क्षेत्रको विकासका लागि पनि यस्तो व्यवस्था गर्नुपर्ने धारणा राखेका हुन् ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग सञ्चालन हुन नसकेकाले यसको सफल सञ्चालनका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । युरोपसँगको सिधा हवाई सम्पर्क पुनः जोड्न अवलम्बन गर्नुपर्ने सुझाव उपलब्ध गराउन पनि उहाँले आग्रह गर्नुभयो । 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले पर्यटन क्षेत्रको समग्र विकासका लागि नीतिगत स्थिरता हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो । पर्यटन क्षेत्रको विकास तथा यसबाट लिन सकिने लाभको सन्दर्भमा निजी क्षेत्रबाट सामूहिक रूपमा स्पष्ट सुझाव आउनुपर्नेमा उहाँले जोड दिनुभयो । आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिनुपर्ने सुझाव पेस गरे अर्थमन्त्रीसम्म पु¥याउन समितिले सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । 

कार्यक्रममा सांसद उदयशमशेर राणाले नेपाल नागरिक उड्डयन प्राधिकरणको सुधारका सम्बन्धमा आइकाओले दिएको प्रतिवेदन समितिले माग्दा नौ महिनासम्म नपाएको बताउनुभयो । सो क्रममा उहाँले नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरण र पर्यटन बोर्डको सुधारका लागि समितिले उपसमिति बनाएर विस्तृत रूपमा अध्ययन गर्न लागेको जानकारी दिनुभयो । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नु पर्छ भन्नेमा सबै सहमत भए पनि पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग सञ्चालन हुन नसक्दा निजगढका विषयमा प्रश्न आइरहेको उहाँले बताउनुभयो । पूर्वपर्यटनमन्त्रीसमेत रहनुभएका सांसद भीम आचार्यले पोखरा र भैरहवा विमानस्थल राम्रोसँग सञ्चालनका लागि सरकारले कुनै गृहकार्य नै नगरेको बताउनुभयो । 

परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको पर्यटनमा अथाह सम्भावना हुँदाहुँदै पनि देशले यसबाट अपेक्षाकृत रूपमा फाइदा लिन नसकिरहेको बताउनुभयो । उहाँले राष्ट्रिय ध्वजावाहकलाई बलियो बनाउन निगमको सुधार तथा विस्तार गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन रणनीतिक साझेदार भित्र्याउनुपर्ने बताउनुभयो । युरोपेली मुलुकसँग सन् २०१३ देखि टुटेको सिधा हवाई सम्पर्क पुनः जोड्न ठोस पहल गर्नुपर्ने, नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामकमा छुट्याउनुपर्ने उहाँको भनाइ थियो । निर्माण सम्पन्न भएका तर सञ्चालनमा नआएका करिब दुई दर्जन आन्तरिक विमानस्थलमा निजी क्षेत्रलाई पर्यटकीय गतिविधि सञ्चालन गर्न दिनुपर्ने, हवाई टिकटमा लगाइएको भ्याट हटाइनुपर्ने माग निजी क्षेत्रको रहेको उहाँले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर