नेभिगेसन मेनु

२९ औँ वन्यजन्तु सप्ताह सौराहामा सुरु
सम्पादक:南亚网络电视
समय:2024-04-14 12:57

banyejantu-saptaha

चितवनमा आजदेखि २९ औँ वन्यजन्तु सप्ताह २०८१ सुरु भएको छ । हरेक वर्ष वन र वन्यजन्तु संरक्षणमा दीर्घकालीन प्रभाव पर्ने प्रकृतिका गतिविधि आयोजना गरी मनाइँदै आइएको सप्ताहमा यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ । 

सप्ताहको सौराहामा एक कार्यक्रमका बीचरत्ननगर नगरपालिका-५ का वडाध्यक्ष बालकृष्ण चापागाईले उदघाटन गर्नुभयो । सो अवसरमा उहाँले वन्यजन्तु संरक्षणमा सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने आवश्यक रहेको बताउनुभयो । उक्त सप्ताह कार्यक्रममा मृगकुन्ज मध्यवर्ती उपभोक्ता समितिको नेतृत्वमा निकुञ्जसहित २६ वटा सङ्घसंस्थाले सहकार्य गरेका छन ।

‘वन्यजन्तुको संरक्षण : पर्यापर्यटन र आयआर्जन’ भन्ने मूल नाराका साथ सुरु गरिएको सप्ताहमा वन्यजन्तु संरक्षण र जीविकोपार्जनलाई जोड दिइएको मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताउनुभयो । उहाँका अनुसार सप्ताहव्यापी कार्यक्रमअन्तर्गत भोलि टिकौली हाइबे वरपर सरसफाइ, वैशाख ३ गते चरा अवलोकन, ४ गते वन्यजन्तु संरक्षणमूलक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, सोही दिन वन्यजन्तु र मानिसबीचको सहअस्थित्वसम्बन्धी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, ५ गते डुङ्गा सयर, ६ गते वन, वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना र्याली गरिने छ । 

सप्ताहको अन्तिम दिन वैशाख ७ गते वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती विषयक अन्तक्र्रियाका साथै वन्यजन्तु संरक्षणका क्षेत्रमा योगदान दिएकालाई विभिन्न विधामा सम्मान गरिने अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । मृगकुञ्जको अगुवाइमा निकुञ्ज, स्थानीय सरकार, राष्ट्रिय प्रकृति संरक्षण कोषसहित सामुदायिक वन, सौराहाको पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाको सहकार्य रहेको छ । रासस

Author गोरखापत्र अनला

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर