नेभिगेसन मेनु

फरक शारीरिक क्षमता भएका सागरको सगरमाथा चढ्ने तयारी
सम्पादक:南亚网络电视
समय:2024-04-16 12:59

sagar

फरक शारीरिक क्षमता भएका (होचापुड्का) सागर सुनार (विश्वकर्मा) ले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारी गर्नुभएको छ । केवल तीन फुट सात इञ्च मात्र उचाइ भएका कास्कीको मादी गाउँपालिका-११ का ३० वर्षीय सुनारले सगरमाथा आरोहण गर्न लाग्नुभएको हो ।

सगरमाथा आरोहण तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सगरमाथा आरोहण गरेर विश्वमा फरक क्षमता भएका व्यक्तिहरूले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन चाहेको बताउनुभयो । उहाँले सगरमाथा आरोहणको अनुमति लिएर एक साताभित्र सगरमाथाको आधार शिविर जाने बताउनुभयो । सगरमाथाको आरोहण गर्नुअघि लोबुछे पिकको आरोहण गर्ने उहाँको योजना छ ।

बुकिङ ओन प्रालिमार्फत सगरमाथा आरोहणमा जान लाग्नुभएका उहाँले अहिले आर्थिक जोहोलगायत तयारी गरिरहेको जानकारी दिनुभयो । “सगरमाथा आरोहण गर्ने मेरो सानैदेखिको सपना थियो, सन् २०२२ मा प्रयास पनि गरे तर प्रतिकूल मौसमका कारण सगरमाथाको चौथो शिविरबाट फर्कनु पर्‍यो । अहिले पुनः आरोहणको तयारीमा छु, सगरमाथाको चुचुरोमा पुगेर आफूजस्ता व्यक्तिले पनि केही गर्न सक्छन् भन्ने सन्देश विश्वभर प्रवाह गर्ने उद्देश्यले सगरमाथाको चुचुरोतर्फ पाइला अगाडि बढाएको हुँ,” आरोही सुनारले भन्नुभयो ।

दिदी उर्मिला सुनारको प्रेरणाले सगरमाथा चढ्ने आँट आएको सागर बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीजस्ता फरक क्षमता भएका व्यक्तिहरूलाई समाजले हेर्ने दृष्टिकोण नराम्रो छ । उनीहरूको प्रतिनिधित्व गर्दै म सगरमाथाको चुचुरोमा पाइला टेक्न चाहन्छु ।” भाइ सागरको आरोहणलाई आर्थिक जोहो गरिरहनुभएको दिदी उर्मिलाले आर्थिक सहयोगका लागि ‘सागर शिखर संस्था’ स्थापना गरेर आर्थिक सहयोग जुटाउने अभियान चलाइरहेको बताउनुभयो । सागरको सगरमाथा चढेर देशको झन्डा फहराउँदै विश्व रेकर्ड राख्ने चाहना छ । सागरले यसअघि दोलखाको रामदुङ पिक (पाँच हजार नौ सय २५ मिटर)को आरोहण गर्नुभएको थियो । सगरमाथासहित सात वटा महादेशका चुचुरोहरू आरोहण गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर