नेभिगेसन मेनु

‘माधव नेपालसँगको छलफल सकारात्मक छ, निरन्तरता दिन्छौँ’
सम्पादक:南亚网络电视
समय:2024-03-06 15:02

ण

काठमाडौं, फागुन २३ गते । नेपाली कांग्रेसले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको छलफल सकारात्मक भएको बताएको छ ।

बुधबार नेपाल निवास कोटेश्वरमा पुग्नुभएका कांग्रेस सभापति देउवा र अध्यक्ष नेपालबिच परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो ।

छलफल सकारात्मक रहेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयोे । उहाँले सकारात्मक छलफल भएकाले छलफल र भेटघाटलाई निरन्तरता दिने बताउनुभयो ।

प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘‘अहिलेको तत्काल परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा  छलफल भएको हो । छलफल सकारात्मक भएको छ । छलफललाई निरन्तरता दिन्छौँ । हामीले हाम्रो आधिकारिक धारणा राखिसकेका छाैं । कांग्रेसको धारणा अहिलेलाई त्यही हो । पूर्वप्रधानमन्त्री माधव नेपालसँग अहिलेको विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको हो । यसलाई निरन्तरता दिन्छौँ । नयाँ राजनीतिक विकासका काममा छलफल हुन्छ । सबै राजनीतिक दलसँग छलफल भइरहेको छ ।’’

प्रमुख सचेतक लेखकले अहिले सबै राजनीतिक दलसँग छलफल भइरहेको पनि बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर