नेभिगेसन मेनु

१४ लाख नगद सहित दुई जना पक्राउ
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-04 13:07

IMG-20240103-WA0002

पुस १९ गते । सशस्त्र प्रहरीले नेपाल भारत सीमा नाका मटिहानीबाट श्रोत नखुलेको रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका १९ का २३ वर्षीय राजु यादव र भारत सीता मढी जिल्ला पश्चिम चरौतका ४८ वर्षीय अवधेश मण्डललाई पक्राउ गरेको हो ।  

स्रोत नखुलेको १४ लाख नेपाली रुपियाँ बरामद भएको हो । सीमापारिको भारतीय बजार मधवापुरबाट नेपालतर्फ आउँदै गरेका भारतीय नागरिक मण्डललाई खानतलासी  गर्दा एक हजार दरका दुई सय र पाँच सय दरका चार सय वटा नोटहरू गरी चार लाख नेपाली रुपैयाँ बरामद भएका थिए । 

पुन राजु यादवबाट एक हजार दरका सात सय वटा र पाँच सय दरका छ सय वटा नेपाली रुपियाँको नोट गरी १० लाख रुपैयाँ फेला परेको सशस्त्र प्रहरी निरीक्षक भोलाकुमार श्रेष्ठले बताउनु भयो । 

दुवै जनालाई थप अनुसन्धान गरी कारबाही अघि बढाइएको जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर