नेभिगेसन मेनु

चिनी मिलमा उखु अभाव
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-07 12:38

sdfh

पुस २२ गते । सर्लाहीका चिनी मिलहरूमा उखुको अभाव भएको छ । बरहथवा भएको विवादका कारण प्रशासनले लगाएको निषेधाज्ञाले सवारीसाधन ठप्प भएपछि उखु अभाव भएको हो । 

स्थानीय प्रशासनले शुक्रवारदेखि निषेधाज्ञा जारी गरेदेखि यस रुटमा आवागमन ठप्प छ । जसका कारण चिनी मिलमा आवश्यक उखु आपूर्ति हुन नसकेपछि क्रसिङ प्रभावित हुँदै गएको रामनगरस्थित एभरेस्ट चिनी मिलका महाप्रबन्धक सुरेन्द्र शुक्लले बताउनुभयो । 

मिलतर्फ आउँदै गरेका ८० वटा ट्रक शुक्रवार साँझदेखि वरहथवा एरियामा अलपत्र छन् । ती ट्रकमा १३ हजार क्विन्टल उखु छन् । सोही ठाउँमा इन्दुशंकर चिनी मिलका पनि २०÷२५ वटा उखु बोकेका ट्रक बाटामै रहेका छन् । क्रसिङ सिजन २०८०÷८१ मा न्यूनतम ३० लाख क्विन्टल उखु क्रसिङ गरी दुई लाख ७० हजार क्विन्टल चिनी उत्पादनको लक्ष्य लिएर पुस ४ गतेदेखि सञ्चालनमा आएको एभरेस्ट चिनी मिललाई क्रसिङका लागि दैनिक ४० हजार क्विन्टल उखु आवश्यक पर्छ । यसमध्ये दैनिक २० हजार क्विन्टल महोत्तरीबाट र बाँकी उखु बरहथवाको बाटो हुँदै आपूर्ति हुने गरेको छ । 

अहिले उखु क्रसिङको मुख्य सिजन हो । उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवहाले चलान वितरण गर्दैमा चाहिएको मात्रामा उखु आपूर्ति हुन नसक्ने बताउनु भयो । चलान पाएपछि मिल गेटसम्म उखु पुर्याउन किसानलाई कम्तीमा तीन चार दिनको समय लाग्ने हुँदा उखुको अभाव तत्कालै पुरा हुन नसक्ने उहाँको भनाई छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर