नेभिगेसन मेनु

उखु किसानको सत्र करोड भुक्तानी
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-14 13:16

Ukhu-kisan-photo

पुस २९ गते । तीन साता अघिदेखि उखु क्रसिङ सुरु गरेको इन्दुशङ्कर चिनी उद्योग हरिवनले किसानलाई १७ करोड रुपियाँ भुक्तानी गरेको छ । 

उद्योगले नेपाल सरकारले निर्धारण गरेको उखुको मूल्य अनुसार किसानलाई १७ करोड सात लाख रुपियाँ भुक्तानी दिइसकेको उद्योगका प्रशासकीय प्रमुख ठाकुर नेपालले जानकारी दिनुभयो । सरकारले यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपियाँ निर्धारण गरी चिनी उद्योगले ५६५ रुपियाँ र सरकारले अनुदानबापत ७० रुपियाँ उपलब्ध गराउने उल्लेख गरेको छ । 

बर्सेनि बेलैमा उखु किसानलाई भुक्तानी दिने छवि बनाएको इन्दुशङ्करले यो वर्ष पनि १० दिनदेखि दुई हप्ताको अन्तरालमा उखु किसानको खातामै पैसा हालिदिएको हो । इन्दुशङ्करले पुस ६ गतेदेखि उखु क्रसिङ सुरु गरेको थियो । 

उद्योगले अहिलेसम्म सात लाख ६४ हजार ७०० क्विन्टल उखु क्रसिङ गरेको प्रशासकीय प्रमुख नेपालले बताउनुभयो । उहाँका अनुसार उद्योगले यो वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ ।

उखु किसानको आन्दोलनका कारण केही समय ढिलो गरी उद्योग सञ्चालन भयो । किसानले अहिले उद्योगबाट चलान पुर्जी (उखु ल्याउने अनुमतिपत्र) लिएर धमाधम मिलमा उखु ल्याइरहेका छन् । 

पूर्व–पश्चिम राजमार्गसहित भित्री सडकमा जताततै उखु बोकेका टायर गाडा, ट्याक्टर र ट्रक देखिन्छन् । जिल्लाका तीन वटा चिनी उद्योगमध्ये इन्दुशङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदह सञ्चालनमा भए पनि अन्नपूर्ण चिनी उद्योग धनकौल यो वर्ष अहिलेसम्म सञ्चालनमा आएको छैन । 

उखु किसान महासङ्घ गोडैताका अध्यक्ष एवं गोडैत नगरपालिकाका प्रमुख देवेन्द्र यादवले आफ्नो नगरपालिकाभित्र रहेको महालक्ष्मी चिनी उद्योग बगदहले पनि यो वर्ष उखु किसानको भुक्तानीमा धेरै सुधार गरेको बताउनुभयो । धमाधम उखु क्रसिङ गरिरहेको उद्योगबाट १० देखि १५ दिनको अन्तरालमा भुक्तानी पाइरहेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर