नेभिगेसन मेनु

सुजनका परिवारलाई कर्णाली सरकारले दुई लाख राहत दिने
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-03 12:48

KARNALI-STATE

पुस १८ गते । कर्णाली प्रदेश सरकारले ललितपुरको बालकुमारी घटनामा मारिएका दैलेखको महावु गाउँपालिका ६ रानिवनका सुजन रावतका आफन्तलाई २ लाख रुपैयाँ राहत दिने भएको छ । 

गत शुक्रवार बालकुमारीमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका सुजनको परिवारलाई राहत स्वरूप उक्त रकम दिने भएको  कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बताउनुभयो । 

बालकुमारी घटनामा मृत्यु भएका सुजन रावतको परिवारलाई २ लाख राहत दिने भएको छ, यस बारे छिट्टै बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिनेछ । मुख्यमन्त्री शर्माले भन्नुभयो । यस्तै सुजनको मङ्गलवार दैलेखमा दाहसंस्कार गरिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर