नेभिगेसन मेनु

शीतलहरले चिनी मिलको उखु क्रसिङ प्रभावित
सम्पादक:南亚网络电视
समय:2024-01-23 16:47

ण

बर्दीबास, माघ ९ गते । लम्बिँदै गएको शीतलहरका कारण चिनी मिलको उत्पादन प्रभावित भएको छ । कठ्याङ्ग्रिने जाडोले गर्दा मिल गेटमा आवश्यक उखु आपूर्ति हुन नसक्दा क्षमता घटाएर क्रसिङ गर्नु परेको महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले जनाएको छ । क्रसिङ सुरु भएदेखि सधैँ भिडभाड देखिने चिनी मिलको बाटोमा शीतलहरको प्रकोप बढेदेखि फाट्टफुट्ट मात्र उखु बोकेका गाडी चलेका छन् ।

महाप्रबन्धक सुरेन्द्र शुक्लाका अनुसार दैनिक ४२ हजार क्विन्टल उखु क्रसिङ गर्दै आएको एभरेस्टमा आवश्यक उखु मौज्दात नहुँदा माघ ६ देखि क्षमता घटाएर ३८ हजार क्विन्टलमा झारिएको छ । मौसममा सुधार नआए उखु अभावकै कारण क्षमता घटाउँदै क्रसिङ नै बन्द गर्नुपर्ने अवस्था देखा परेको उहाँले बताउनुभयो । पुस ४ देखि सञ्चालन भएको यो मिलले अहिलेसम्म ११ लाख क्विन्टल उखु क्रसिङ गरी ९३ हजार क्विन्टल चिनी उत्पादन गरेको छ । लक्ष्य भने न्यूनतम ३० लाख क्विन्टल उखु क्रसिङ गरी दुई लाख ७० हजार क्विन्टल चिनी उत्पादन गर्ने छ । 

किसानसँग उखु नभएका कारण क्रसिङ प्रभावित भएको भने होइन, अहिले पनि किसानको छ हजार बिघामा २० लाख क्विन्टल उखु मौज्दात रहेको शुक्लाले जनाउनुभयो तर लम्बिँदै गएको शीतलहरका कारण किसानले उखु आपूर्ति गर्न नसक्दा चिनी मिलको क्रसिङ प्रभावित भएको हो । शीतलहरका कारण मजदुर नपाइने र पाइए पनि कठ्याङ्ग्रिने जाडोले गर्दा काम गर्न नसक्दा उखु आपूर्तिमा कमी आएको किसानले जनाएका छन् । अर्कोतर्फ प्राविधिक कारणले पनि आवश्यक उखु आपूर्ति हुन नसकेको जनाइएको छ । 

उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहका अनुसार किसानका खेतमा एक वर्ष पुरानो ‘खुट्टी’ (-याटुन) र यस वर्ष रोपिएका ‘मोरहन’ (प्लान्टिङ) गरी उत्पादनको दृष्टिले दुई प्रकारका उखु हुन्छन् । खुट्टी उखु सकिने अवस्थामा छ । यो सकिएपछि माघ पहिलो-दास्रो सातादेखि मोरहन उखुको पालो आउँछ । एभरेस्ट चिनी मिलकोे सर्भे अनुसार अहिले किसानका खेतमा पर्याप्त उखु छ । तयारी अवस्थामा रहेको मोरहन उखु पनि शीतलहरका कारण काट्न नमिल्ने हुँदा चिनी मिलमा उखु अभाव भएको कुशवाहाले जनाउनुभयो । 

मोरहन उखु काट्न मौसममा न्यूनतम १५/१६ डिग्री तापक्रम हुनु पर्छ । विगत दुई सातादेखि बढेको चिसोका कारण तापक्रम सात/आठ डिग्रीमा झरेको छ । “यस्तो अवस्थामा मोरहन उखु काट्यो भने यसको जराबाट नयाँ गाभा (कपिस) निस्कँदैन,” उहाँले स्पष्ट पार्नुभयो, “नयाँ गाभा पलाएन भने अर्को वर्ष खुट्टी उखु उत्पादनमा ह्रास आउने भएकाले किसान मौसमी अनुकूलताको प्रतीक्षामा रहेकाले तत्काल मिलमा आपूर्ति गर्न नसकिएको हो ।” तथापि शीतलहरको प्रकोपबिच सोमबार अपराह्नदेखि जिल्लाभर घामकोे झल्को देखिए पनि पश्चिमा स्याँठ चलिरहेकाले मौसममा स्थायी सुधार हुने कुरामा आशङ्का बढाएको उखु कृषकले जनाएका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर