नेभिगेसन मेनु

हात्ती धपाउन जङ्गलमा नगर प्रमुख
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-25 13:20

Untitled-2

पुस ९ गते । बर्दीबास नगरपालिकामा जङ्गली हात्तीको आतङ्क नियन्त्रण हुन नसक्दा स्थानीय जनता त्रासमा छन् । रातको समय बस्ती प्रवेश गर्ने हात्तीका जोडीले जनताका घर भत्काउनुका साथै बालीबिरुवामा समेत क्षति पु-याउन थालेपछि नगर प्रमुख प्रह्लाद क्षेत्री आफैँ हात्ती धपाउने अभियानमा जुट्नुभएको छ । 

यस अभियानमा जिल्ला समन्वय समितिका प्रमुख सुमनलाल कर्ण, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक लेखनाथ खनाल, बर्दीबास इलाका प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) विजय यादव, सशस्त्र वन रक्षक, वन कर्मचारी, वडाध्यक्ष तथा हात्तीपीडितको संयुक्त टोलीले हात्ती लुक्ने बासस्थानको खोजी गर्ने र भगाउने प्रयास थालेको हो । 

दलबलसहितको यो टोलीले पूर्वपश्चिम रेलवे ट्र्याक र माइखरे आसपासका जङ्गली क्षेत्रमा पुगेर हात्ती लुक्न सक्ने सम्भावित स्थानको खोजी सुरु गरेको छ । स्याउला लिन वन पसेका स्थानीय घाँसीले कहिले रेलवे ट्र्याकको उत्तर र कहिले दक्षिणका झाडीमा हात्तीका जोडी देखेको सूचनाका आधारमा सोही क्षेत्र आसपासबाट खोजी अभियान थालिएको हो ।

दिनभर जङ्गली क्षेत्रमा लुकेर बस्ने यी हात्ती रात छिप्पिएपछि बस्तीमा पसेर उपद्रो गर्दै आएका थिए । जङ्गल पसेको टोलीले अहिलेसम्म हात्ती फेला पार्न नसके पनि खोजी अभियान सुरु गरेयता बस्तीमा हात्ती प्रवेश नगरेको स्थानीयले जनाएका छन् । 

हात्तीका जोडीले दुई महिनाको अवधिमा बर्दीबास वडा नं २ तथा वडा नं ८ का विभिन्न टोलमा प्रवेश गरी १८ बिघामा लगाइएका अन्न तथा तरकारी बाली सखाप पार्नुका साथै १५ परिवारको घर भत्काएको वडाध्यक्षहरू श्यामराजा सिंह तथा शमशेरसिंह लामाले बताउनुभयो । नगर क्षेत्रमा प्रवेश गरेका हात्तीका कारण सर्वसाधारण आव्रmान्त बनेपछि आफ्नै पहलमा हात्ती धपाउने प्रयास गरेको नगर प्रमुख क्षेत्रीले बताउनुभयो । हात्ती आतङ्क नियन्त्रण तथा रोकथामका लागि अन्य विकल्प नदेखिएपछि ‘खोज र धपाउ’ अभियान सुरु गरिएको नगर प्रमुखको भनाइ छ । क्षेत्रीले भन्नुभयो  “हात्तीकै कारण दुई महिनादेखि जनताले न सुत्न पाएका छन् न बालीबिरुवा भन्न पाएका छन् । समाधानको अन्य विकल्प पनि नदेखिँदा धपाउने अभियान सुरु गरेका हाँै ।” 

विगत केही समययता जङ्गली क्षेत्र छाडेर बस्ती पस्न थालेका दुर्लभ वन्यजन्तु र जिल्लाको उत्तरी क्षेत्रका स्थानीयबिच हुने गरेका सङ्घर्षले दुवै थरी आव्रmान्त छन् । पातलिँदै गएका जङ्गल, मानवीय हस्तक्षेप, पानी र चरिचरणका अभावले हात्तीलगायतका वन्यजन्तु गाउँबस्ती प्रवेश गर्न थालेको वनकर्मीको भनाइ छ । 

वन्यजन्तुमैत्री विकास संरचना नबनाइँदा पनि यिनीहरूको पारिस्थितिकीय प्रणाली बिग्रेको छ । अहिले विद्युत् टावर, सडक, रेलवे ट्र्याकलगायत राष्ट्रिय महìवका आयोजनाको नाममा वनजङ्गल फाँडिँदै गएका छन् । वन्यजन्तुको सुविधालाई प्राथमिकतामा नराखी निर्माण गरिएका यी संरचनाले यिनीहरूको आवास उजाडिँदै गएका छन् भने सहज आवागमनसमेत अवरुद्ध भएको डिभिजन वन प्रमुख सन्तोष झाले बताउनुभयो । 

“मानव र वन्यजन्तुबिच पछिल्लो समय देखा परेको द्वन्द्वको कारण वन्यजन्तुमैत्री विकास निर्माण उपेक्षित हुनु पनि हो,” झाले भन्नुभयो, “अहिलेका संरचनाले यिनीहरूको बासस्थान मात्र पातलिएका छैनन्, जङ्गली क्षेत्रमा निर्मित सडक र रेलवे ट्र्याकको अग्ला डाँडाले यिनको निर्बाध आवागमनमा पनि छेकबार लगाएकाले हात्तीलगायतका वन्यजन्तु मानव बस्ती पस्ने व्रmम बढेको छ ।”

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर