नेभिगेसन मेनु

‘तराईमा पहिला जस्तो जाडो छैन’
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-19 14:55

Untitled-1

पुस ३ गते । धनुषालगायत तराईका जिल्लामा मङ्सिर लागेसँगै बाक्लो हुस्सु र अत्यधिक चिसो हुने गथ्र्याे । बाक्लो हुस्सु र कठ्याङ्ग्रिँदो चिसोका कारण मानिसको दैनिकी कामकाजसमेत प्रभावित हुने गरेको थियो । यस वर्ष पुस लाग्दासमेत त्यस्तो अवस्था देखिएको छैन । 

बिहान, बेलुका र रातिको समयमा अलिक चिसो लाग्ने गरे पनि दिनभर चर्को घाम लाग्ने गरेको छ । यहाँका मानिसले सामान्य लुगामै दिन बिताउने गरेका छन् । 

धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरका ६७ वर्षीय रामउद्गार महतो पहिलाभन्दा अहिले मौसममा धेरै परिवर्तन आएको बताउनुहुन्छ । केही वर्षअघिसम्म मङ्सिर, पुस र माघसम्म अत्यधिक चिसो र बाक्लो हुस्सु लाग्ने गरेको बताउँदै उहाँले भन्नुभयो, “पहिला जस्तो जाडो छैन । मङ्सिर लागेपछि बाक्लो र न्यानो लुगा लगाउनु पथ्र्याे । बाक्लो हुस्सु र कठ्याङ्ग्रिँदो चिसोका कारण खेतमा काम गर्न पनि जान सकिँदैनथ्यो ।  यस पालि पुसमा पनि सामान्य कुर्ता र धोतीमै छु,” महतोले भन्नुभयो । 

वातावरणविद्हरू जलवायु परिवर्तनका कारण मौसममा असन्तुलन देखिएको बताउँछन् । वर्षाको मौसममा वर्षा नहुनु, वर्षा भएपछि धेरै वर्षा हुनु, चिसो मौसममा चिसो नलाग्नु, चिसो बढेपछि अत्यधिक बढ्नु र घाम लागेपछि चर्को घाम लाग्नु– यी सबै जलवायु परिवर्तनका कारण भइरहेको छ । तराई अथवा नेपालमा मात्र नभएर विश्वमै जलवायु परिवर्तनको असर देखा परिरहेको छ ।  

पर्यावरण संरक्षण अभियन्ता तथा मधेश प्रदेश वन निर्देशनालयका अधिकृत सुरेश शर्माले तराईका सन्दर्भमा ०.०९ सेन्टिग्रेड तापव्रmम बर्सेनि वृद्धि भइरहेकाले कम जाडो लागेको बताउनुभयो । औद्योगिक विकास तथा मानवीय व्रिmयाकलापको उपजस्वरूप वातावरण असन्तुलन बन्दै गएको बताउँदै उहाँले जलवायु परिवर्तनको असर कम गर्न वायुमण्डलमा हरितगृह ग्यासको मात्रा घटाउँदै लैजानुपर्ने र हरियाली वृद्धि गर्नु एक मात्र विकल्प भएको बताउनुभयो । 

अधिकृत शर्माले विगतका मौसम सम्झँदै भन्नुभयो, “केही वर्षअघिसम्म कात्तिक मसान्तदेखि नै कठ्याङ्गिँ्रदो चिसो लाग्थ्यो । चिसोबाट जोगिन उनका स्विटर र मोटो मोटो ज्याकेट लगाउनु पथ्र्यो । त्यतिले पनि जिउ तातेन भने आगो ताप्नु पथ्र्यो तर अहिले सामान्य छ, चिसोको खासै अनुभव भइरहेको छैन ।”

यसै गरी पर्यावरण तथा चराचुङ्गी संरक्षणका क्षेत्रमा कार्य गर्दै आएका मिथिला वाइल्डलाइफ ट्रस्ट धनुषाका अध्यक्ष देवनारायण मण्डलले जलवायु परिवर्तनको असर मौसमलगायत सबैजसो क्षेत्रमा देखा परिरहेको बताउनुभयो । जलवायु परिवर्तन विश्वरभर चासो र चिन्ताको विषय बनेको उहाँको भनाइ छ । 

“जथाभाबी भइरहेको वातावरणीय विनाशमा ध्यान नदिँदा वायुमण्डलमा हरितगृह ग्यासको मात्रा बढेर पृथ्वीमा त्यसको गम्भीर प्रभाव देखिन थालेको छ । हाम्रा सन्ततिको भविष्य बिर्सेर हामीले आजका लागि मात्रै सोची लापरबाहीपूर्वक काम गरिरहेका छौँ । यसको अर्थ पर्यावरण संरक्षणका नाममा पूर्वाधार विकास रोक्नु पर्छ भन्ने होइन तर विकासका नाममा वातावरण विनाश गर्नु हुँदैन,” उहाँले भन्नुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर