नेभिगेसन मेनु

सिङ्गै टोल एक पीडकबाट पीडित
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-12 12:42

Untitled-1

मङ्सिर २६  गते । सप्तरीमा एक मिटरब्याजी पीडकबाट एउटा सिङ्गो टोल नै पीडित भएको छ । सप्तरीको महदेवा गाउँपालिका–३, बथनाहाको वेदनारायण यादवले सरदार टोलीका दर्जनौँ महिलालाई ऋण दिएर भने जति घडेरी जग्गा पास गराएका छन् । त्यति मात्रै नभई मौका पाउँदै उक्त जग्गा आफ्नो भएको भन्दै पीडित महिलालाई कुटपिट गरेर घर निकाला गर्ने, घर भत्काउने, खाद्यान्न लत्ताकपडा, भाँडाकुँडालगायत सरसामान फ्याँकिदिने कार्य गर्दै आएको पीडित पुनमदेवी सरदारले बताउनुभयो ।

वेदनारायणबाटै पीडित सोही टोलकी जागोदेवी यादवका अनुसार वेदनारायणसँग दुई लाख ८० हजार ऋण लिएबापत  उहाँका श्रीमान्ले वेदनारायणको नाममा घडेरीसहित चार कट्ठा १३ धुर जग्गा रजिस्ट्री पास गरिदिनुभयो । लिएको रकमभन्दा देसौँ गुणा बढी मूल्यको जग्गा “कित्ताकाटमा खर्च किन गर्ने मेरै नाममा भए पनि म बेइमानी गर्दिनँ,” भन्दै वेदनारायणले श्रीमान्लाई फकाएर जग्गा पास गरेको जागोदेवीको भनाइ छ । श्रीमान्को शोकमा रहनुभएकी उहाँले भन्नुभयो, श्रीमान् हुँदा नै हामीले सोही रकमको ब्याजसमेत गरी छ लाख रुपियाँ तिरिसक्याँै । हाम्रो जग्गा फिर्ता गरिदिएको छैन । श्रीमान्को मृत्युपछि हामीलाई सहाराविहीन देखेर एक वर्षदेखि अत्याचार गर्न थालेको छ । बजारबाट २०÷२५ जना केटा लगेर घर भत्काइयो । बच्चालाई इनारमा फाल्दै थियो । हामीलाई जग्गाबाट घर तोडेर आजै भाग भन्दै टाउको फुट्ने गरी बाँधेर कुटियो । घरको खानेकुरा लत्ताकपडासमेत इनारमा फालिदियो । हामी वर्षदिनदेखि अन्य छिमेकीको घरमा शरण लिई मागेर गुजारा गरिराखेका छौँ ।

जागोदेवी मात्रै नभई त्यहीँका पुनमदेवी सरदार, सङ्गीता सरदार, सुकनी देवी, रजिया, महावती, जानकी देवी, रेखा, शिवा यादव मिटरब्याजी पीडक वेदनारायण यादवबाट वर्षौंदेखि पीडित हुँदै आइरहेको स्थानीय विजय यादवले बताउनुभयो । अर्का पीडित रामचन्द्रले भन्नुभयो, “वेदनारायणको अत्याचार सहन नसकेर हामीले प्रहरीमा र जिल्ला प्रशासनमा कुटपिट र मिटरब्याजीको निवेदन दियो । त्यसपछि उहाँलाई समातियो र छोडियो पनि अहिले हाम्रो घटनाबारे जिल्ला प्रशासन र प्रहरीमा छलफल भइरहेको छ तर हामीले न्याय पाएका छैनौँ ।”

बथनाहा टोलभरिका दर्जनौँ दलित वर्गका व्यक्तिमाथि वेदनारायणले कुटपिट तथा अत्याचार गरेको लिखित निवेदन हामीकहाँ आएको छ । प्रहरीमा परेको निवेदन पछि प्रारम्भिक घटना हेर्दा मिटर ब्याजकै निहुँमा मिटरब्याजी पीडक भनिएका वेदनारायणले पीडितहरूमाथि हातपात तथा कुटपिट गरी उनीहरूको घरबार भत्काइएको देखिएको प्रहरी प्रशासनले जनाएको छ । निवेदनको कारबाही प्रव्रिmया अगाडि बढाई दुवै पक्षलाई छलफलमा राखेर थप अनुसन्धान भइरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर