नेभिगेसन मेनु

बिउ पाउँदा किसान खुसी
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-14 16:14

Untitled-1 (2)

अनुदानको बिउ पाउँदा किसान खुसी भएका छन् । बाराका अधिकांश पालिकाले आफ्नो कृषि शाखामार्फत ५० प्रतिशत अनुदानमा कृषकलाई गहुँको बिउ उपलब्ध गराउँदै आएका छन् । पालिकाहरूले ७० रुपियाँ प्रतिकिलो गहुँको बिउ खरिद गरी ३५ रुपियाँमा उपलब्ध गराउन थालेपछि किसान खुसी भएको करैयामाई गाउँपालिका–२ का राजाबाबु साहले बताउनुभयो । विभिन्न बहानामा पछि पर्दै आएका किसानलाई यस वर्षदेखि पालिकाहरूले बिउ, मल तथा कृषिजन्य उपकरणलगायतका सामान सहुलियत दरमा उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो । 

गहुँ र मकैको बिउ उपलब्ध गराउन माग आएपछि ससर्त कार्यव्रmमको बजेटबाट ५० प्रतिशत अनुदानमा एनएल ९७१, गौतम र विजय जातका गहुँको बिउ वितरण गरिँदै आएको कोल्हवी नगरपालिकाका कृषि शाखा प्रमुख जयमिरप्रसाद चौधरीले बताउनुभयो । 

आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक बजेटबाट किसानलाई व्यावसायिक उत्पादनमा प्रोत्साहन गर्न र कृषकलाई खेतीमा आकर्षण गराउन पालिकाहरूले विभिन्न कार्यव्रmम अगाडि सारेको प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादवले बताउनुभयो ।  

यसै गरी प्रसौनी गाउँपालिकामा १० लाख ७५ हजार रुपियाँ बराबरको २९ टन तीन वटा जातका गहुँको बिउ खरिद गरिएको छ । सो पालिकामा यस वर्ष करिब छ सय हेक्टर क्षेत्रफलमा गहुँको खेती हुने छ । त्यहाँका किसानलाई ५० प्रतिशत सहुलियत दरमा गहुँको बिउ वितरण गरिएको कृषि संयोजक सुनिल महतोले बताउनुभयो ।

यसै गरी करैयामाई गाउँपालिकामा १२ हजार ८६ किलो अनुदानमार्फत गहुँको बिउ वितरण गरिएको पालिकाका अध्यक्ष शम्भुप्रसाद यादवले जानकारी दिनुभयो । अन्य पालिकाभन्दा करैयामाई तथा बारागढी गाउँपालिका र कोल्हवी नगरपालिकामा कुलोबाट सिञ्चित हुने जग्गाको क्षेत्रफल धेरै नै रहेको उहाँले जानकारी दिनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर