नेभिगेसन मेनु

मन्दिरबाट चोरिएका गहनासहित एक पक्राउ
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-22 17:17

pppp

मङ्सिर ६ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा रहेको दुर्गा मन्दिरबाट चोरी भएको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोजकुमार यादवले गौशाला बजारमा रहेको दुर्गा मन्दिरबाट छठको पारायणको दिन चोरी भएको सुनको नथिया र टीकासहित एक जना नाबालकलाई पक्राउ गरिएको जानकारी दिनुहुँदै अनुसन्धान भइरहेकोले नाम सार्वजनिक गर्न नसकिने बताउनुभयो ।

उहाँले मन्दिरबाट चोरी भएकोे १४ आना बराबरको सुनको नथिया र टीकासमेत सो बालकबाट बरामद भइसकेको जानकारी दिनुहुँदै थप अनुसन्धान जारी रहेकोले विस्तृत रुपमा पछि मात्रै भन्न सकिने जानकारी दिनुभयो ।

गौशाला बजारको बीचमा रहेको सो मन्दिर कात्तिकमा दुर्गापूजाको अवसरमा धुमधामका साथ पूजाआजा गरी सञ्चालनमा ल्याइएको मन्दिरका पुजारी काशिकान्त झाले बताउनुभयो । उहाँले माता दुर्गाका आभूषणको लागि भारतबाट करिब १० लाखमा गरगहना खरिद गरिएको बताउनुहुँदै सोमबार मूर्तिबाट गरगहना चोरी भएको देखेपछि प्रहरीमा खबर गरिएको जानकारी दिनुभयो ।

प्रहरीले मन्दिरमा चोरी भएको घटनाको अनुसन्धान गर्दै जाँदा ती नाबालकलाई पक्राउ गरेको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर