नेभिगेसन मेनु

बन्द नगरपालिका खुलाउन वार्ता
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-07 13:45

Untitled-1

मङ्सिर २१ गते । विगत ४३ दिनदेखि बन्द रहेको सिम्रौनगढ नगरपालिका खुलाउन बसेको वार्ता सकारात्मक भएको छ । बन्द रहेको पालिकाको कामकाज सुचारु गर्न ४३ दिनपछि बसेको पहिलो बैठकमा तीन वटा बुँदामा सहमति भई टुङ्गो लागेको हो । 

सम्बन्धित निकायका पदाधिकारीसहित बुधबार कलैयास्थित बसेको बैठकले तीन बुँदामा सहमत भई टुङ्गो लागेको निमित्त प्रमुख प्रशासकीय अधिकृत जयनारायणप्रसाद यादवले बताउनुभयो । नगर प्रमुख किशोरीप्रसाद कलवार र निमित्त प्रमुख प्रशासकीय यादवले १० दिनभित्र नगर सभा गर्न मिति तोक्ने, हटाइएका कर्मचारीको बहाली प्रव्रिmया र विकास निर्माणका व्रmममा बाँकी बक्यौता रहेको भुक्तानी रकमको सत्यतथ्य खर्च विवरण सार्वजनिक गर्ने गरी सहमति भएको निर्वाचन क्षेत्र नं. १ का सांसद अच्युत मैनालीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “सबै बुँदामा सकभर सहमति नै भएको छ । पालिका सुचारु गर्न पहिलो बुँदामा परिषद् नै रहेको छ । त्यसपछि बाँकी बक्यौता रकम तिरेर, सिलिङ बजेट वडास्तरमा वितरण गर्ने सहमति भएको ४ नम्बरका वडा अध्यक्ष अवधेश सहनीले जानकारी दिनुभयो ।” 

नगरपालिकामा कर्मचारीले तलब तथा निर्वाचित वडा अध्यक्षहरूले खर्च विवरण सार्वजनिक गर्न माग राख्दै पालिकाको सम्पूर्ण कामकाज बन्द गरी कात्तिक ७ गतेदेखि मूल गेटमा धर्ना बस्दै आएका छन् । यसै गरी विगत ४ महिनादेखि नगर अस्पतालका केही कर्मचारीलाई नगर प्रमुख कलवारले हटाएपछि त्यसको विरोधमा सो अस्पताल नै बन्द गरी कर्मचारी पनि आन्दोलनमा बसेका हुन् । पालिकामा परिषद् नै नगरी परिषद् भएको भन्दै नगर प्रमुख कलवारले एकलौटी गर्न खोजेपछि विरोधमा ११ वटा वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले बहुमतको आधारमा त्यसको विरोध गर्दै आएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर