नेभिगेसन मेनु

पर्वतमा खुमल जातको धान ढलेर सोतर
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-10 12:50

zadfbs

पर्वत, असोज २३ गते । पर्वतको पैयुँ गाउँपालिकामा लगाइएको धान खेती वाला लागेसँगै ढलेर सोतर बनेपछि कृषक मर्कामा परेका छन् । कृषकले पालिकाले अनुदानमा उपलब्ध गराएको खुमल चार जातको धानको बिउँ करिब १५ हेक्टर जमिनमा रोपेका थिए । 

पर्वत र बागलुङको धान पकेट क्षेत्रमा लगाउन उपयुक्त हुने भनी राष्ट्रिय कृषि अनुसन्धान केन्द्र खुमलटारले सिफारिस गरेको खुमल चार जातको धान ढलेर सोतर भएपछि उत्पादन घट्ने भएको छ । असोजको पहिलो हप्तातिर नै हावा लागेर नभई सामान्य पानी पर्दा नै धान ढलेको कृषकहरू गुनासो छ । पालिकाका कृषि प्राविधिक विश्वास अधिकारीका अनुसार अनुसन्धान केन्द्रबाट एक हजार केजी धानको बिउँ खरिद गरी कृषकहरूलाई वितरण गरेको हो । 

कृषकहरूले यस अघि च्याम्पियन, युएस ३१२, युएस ३०५ जातको हाइब्रिड धानको बिउँ रोप्दै आएका थिए । कृषकले रोप्दै आएको हाइब्रिड जातको धानमा कालो पोके जातको रोग लाग्ने समस्या देखा परेपछि धान पकेट कार्यक्रम अन्तर्गत खुमल ४ उपयुक्त हुने भनी कृषकलाई वितरण गरिएको हो । 

तुलनात्मक रूपमा खुमल ४ जातको धानमा रोग नदेखिएका भए पनि धानको वाला लागेपछि प्रायजसो खेतमा धान सोतर भएर ढलेको छ । कृषि प्राविधिक अधिकारी भन्नुहुन्छ–“बढी मलिलो माटो र पानी धेरै लगाएको खेतमा धान ढलेको पाइएको छ । जहाँ अलि पछि मल राखिएको छ । त्यस्तो स्थानमा पनि धान ढलेको देखिन्छ ।” प्राविधिक अधिकारीका अनुसार पैयुँको १५ हेक्टर जग्गामा प्रति हेक्टर ६.३ मेट्रिक टनका दरले धान उत्पादन हुनुपर्ने आङ्कलन थियो । 

पैयुँ २ वडाका कृषक दुर्गा थापाले ३० केजी खुमल ४ जातको धानको बिउँ भकुन्डे फाँटको करिब १० रोपनी क्षेत्रफलमा रोप्नु भएको थियो । अहिले पसाउने बेलामा सबै धान पल्टिएपछि कृषक थापा चिन्तित हुनहुन्छ । 

पालिकाको वडा ४ का कृषक काशीराम गौतमको पीडा पनि उस्तै छ । कृषक गौतमले १७ मुरी धान फल्ने आफ्नो खेतमा खुमल ४ जातको धान लगाउनु भएको थियो । कृषक गौतमका अनुसार धान पसाउन नपाउँदै सबै धान काम नै नलाग्ने गरी ढलेको छ । “मैले कृषि शाखामा धानबारे सोधपुछ गर्दा धान ढल्दैन र बिउँ राम्रो रहन्छ भनेका थिए । अहिले हावा नलागे पनि पानी पर्दा नै सबै धान ढलेको छ । गाज ठुलो नहुने, अग्लो र लुलो हुँदा पनि धान पल्टिएको हो”–कृषक गौतमले गुनासो गर्दै भन्नुभयो । कृषक गौतमका अनुसार वडा ४ मा मात्रै कम्तीमा पनि ४० जना कृषकले खुमल ४ जातको धान रोपेका छन् । अहिले पैयुँ पालिकाका खुमल जातको धान लगाउने सबै कृषकको धान सोतर भैइ ढलेको छ । 

कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीले खुमल ४ जातको धानमा रोग नलागेको भए पनि बाला लाग्न नपाउँदै ढलेर हुवास, त्रिवेणी, अर्थुङे लगायतका स्थानका कृषकहरू बढी मर्कामा परेको बताउनुभयो । 

पर्वतमा खडेरी परेर पानीको मूल फुट्न समयमा नसकेको कारण गत वर्ष भन्दा यस वर्ष धान रोपाई दुई हप्ता पछि सरेको थियो । जेठ र असार महिनामा खडेरी परी कृषकहरूले समयमा धानको बिउँ राख्न पाएका थिएनन् । जिल्लाको कृषियोग्य क्षेत्रमध्ये सात हजार ७८४ हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । कृषियोग्य जमिन मध्ये ३८ प्रतिशतमा सिचाई सुविधा पुगेको छ । कृषियोग्य जमिनमध्ये ११ प्रतिशत जग्गा आकाशे पानीको भर पर्नेछ ।    

कृषि कार्यालय पर्वतका अनुसार यस वर्ष प्रति हेक्टर ३.३ मेट्रिक टन बराबर धान उत्पादन हुने अनुमान गरेको छ । अघिल्लो वर्ष पर्वतमा २६ हजार मेट्रिक टन बराबर धान उत्पादन भएको थियो । 

कृषि कार्यालयका बाली संरक्षण अधिकृत आशीष पाण्डेका अनुसार जिल्लाको पकुवा, ज्ञादी, पाङ, अर्मादी, खुर्कोट, पैयुँ लगायतका फाँटहरू धान खेतीका लागि परिचित छन् । आकाशे पानीमा निर्भर पर्वतको धान रोपाई समयमा वर्षा हुन नसक्दा पछाडि धकेलिएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर