नेभिगेसन मेनु

मुस्ताङको लोमान्थाङमा गल्फ प्रतियोगिताको सुरु
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-16 13:12

dfhsdfh

म्याग्दी, भदौ ३० गते । मुस्ताङको लोमान्थाङ गाउँपालिका ५ स्थित लोमान्थाङमा दोस्रो गल्फ कोर्स प्रतियोगिता सुरु भएको छ । शनिवार बिहान गल्फ प्रतियोगिताको उद्घाटन गरिएको हो । 

विश्वको सबैभन्दा उच्च ४ हजार ६ सय ४५ मिटर उचाइमा प्रतियोगिताको आयोजना सञ्चालन गरिएको छ ।  प्रतियोगिताले लोमान्थाङको पर्यटन प्रवर्द्धनलाई टेवा पुर्याउने विश्वास गरिएको छ ।  प्रतियोगितामा काठमाडौँ, धरान, पोखरा, बुटवल लगायतबाट २८ जना  खेलाडी सहभागी भएको आयोजकले जनाएका छन् । 

प्रतियोगितामाका विजेता, उपविजेता, महिला विजेता, वेस्ट ग्रास, पिनको नजिक, सबैभन्दा लामो ड्राइभ र बर्डिजलाई पुरस्कारको व्यवस्था गरिएको छ । होल इन वान गर्नेले भने घोडा पाउने प्रतियोगिताका व्यवस्थापक इन्द्र धारा विष्टले जानकारी दिनुभयो । घोडालाई एक लाख रुपियाँ पर्दछ । उहाँले मुस्ताङमा खेल पर्यटनको सम्भावना खोज्न प्रतियोगितालाई निरन्तरता दिइएको बताउनुभयो । 

संसारकै सबैभन्दा उचाइको गल्फ कोर्सको विश्व रेकर्ड बनाउने हाम्रो प्रयास हो विष्टले भन्नुभयो, ‘‘त्यसका लागि आवश्यक प्रक्रियाहरु सुरु गरेका छौँ ।’’ प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिने उहाँले बताउनुभयो । प्रतियोगिताका बारेमा संसारभर प्रचारप्रसार गरेर विदेशी खेलाडीहरूलाई पनि आकर्षित गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । 

अहिलेसम्म सिक्किमको कुपुकमा रहेको याक गल्फ कोर्स (३९७० मिटर) ले विश्वकै सर्वोच्च स्थानमा रहेको गल्फ कोर्सको कीर्तिमान ओगटेको छ । सुरुको दिन नौ होलमा खेल खेलाइने र कुनै कठिनाइ आइनपरे अर्को दिन फेरि नौ होलको खेल खेलाउने तयारी रहेको आयोजकले जनाएका छन् ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर