नेभिगेसन मेनु

सरकारले भुक्तानी नदिँदा बसपार्क निर्माण ढिलाइ
सम्पादक:南亚网络电视
लेखक:गाेरखापत्र
समय:2023-10-04 12:33

Untitled-1

कुस्मा (पर्वत), असोज १७ गते । पर्वतको कुस्मा नगरपालिका–६, बान्द्रेविढी चौरमा निर्माणाधीन कुस्मा बसपार्कको काम निर्माणमा ढिलाइ भइरहेको छ। बजेट अभावकै कारण तोकिएको समयभित्र निर्माण गर्न कठिनाइ भएको निर्माण कम्पनीले बताएको छ।

निर्माण कम्पनीले आयोजनाबाट समयमा रकम पाउन नसकेपछि निर्माण सम्झौताको म्याद थपिने भएको छ। असोज १५ भित्र सम्पन्न गरिसक्नुपर्ने भनी निर्माण कम्पनीले एक वर्षअघि सात करोड १५ लाख लागतको बसपार्क निर्माणको सम्झौता गरेको थियो। निर्माण सम्झौताको नियम अनुसार निर्माण कम्पनीले काम पूरा गरेपछि रनिङ बिल पेस गरे अनुसार रकम पाउनुपर्ने हुन्छ। सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङसँग बसपार्क निर्माण सम्झौता गरेको विजय सिद्धबाबा कन्स्ट्रक्सन कम्पनीले दुई पटक गरी रनिङ बिल बुझाए अनुसार दुई करोड रकम मात्रै भुक्तानी लिइसकेको छ। कम्पनीले बाँकी पाँच करोड रकम सहरी निर्माण आयोजनासँग भुक्तानी लिन बाँकी रहेको बताइन्छ। 

कम्पनीले निर्माण रनिङ बिल आयोजनामा पेस गरेको छ तर पेस गरे अनुसारको रकम सहरी विकास आयोजनामा नभएको हुँदा निर्माणको म्याद थप गर्नु परेको आयोजनाका साइट इन्जिनियर योगेन्द्र बस्ताकोटीले बताउनुभयो। निर्माण व्यवसायी सविन श्रेष्ठका अनुसार यो आर्थिक वर्ष असार १५ सम्म निर्माणका लागि म्याद थप गरेको भए पनि आयोजनाले म्यादबारे निर्णय गरिसकेको छैन। काम अनुसारको बिल पेस गरे पनि समयमा भुक्तानी पाउनुपर्ने रकम नपाएपछि काममा ढिलाइ भएको निर्माण व्यवसायी श्रेष्ठको गुनासो छ।  

बसपार्क निर्माणमा ढिलाइ हुनेबारे साइट इन्जिनियर बस्ताकोटीका अनुसार निर्माण व्यवसायीले निर्माणको ७० प्रतिशत काम सकेको छ। अब असपाल्ट कङ्व्रिmट प्रविधि प्रयोग गरी पाँच सेमीको पिच गर्ने र तारजालीको काम बाँकी छ। यो काममा धेरै रकम खर्च हुन्छ। 

ठेकेदारले काम सम्पन्न गरी रनिङ बिल पेस गरेको अवस्थामा आयोजनासँग भुक्तानी दिने रकम पर्याप्त छैन। केन्द्रबाट पाँच करोड माग गरेकोमा जम्मा ७० लाख मात्रै प्राप्त भएको छ। रनिङ बिल पेस गरे अनुसार भुक्तानी गर्न नसकेपछि नियम अनुसार निर्माण कम्पनीलाई म्याद थप गर्न लगाउनुको विकल्प छैन।

उहाँका अनुसार बसपार्क निर्माणको काममा ढिलाइ ठेकेदार पक्षको भन्दा पनि सरकारले भुक्तानी दिन नसक्दाका कारण भएको हो। निर्माण व्यवसायीले बसपार्क निर्माणको सम्झौता अनुसार दुई तलाको पक्की टर्मिनल भवन, आठ वटा सटरसहितको टी सप, नालीलगायत काम सकेको छ। भवनमा रङरोगन र फिनिसिङको काम बाँकी छ। 

करिब १० रोपनी जग्गामा बन्दै गरेको बसपार्क पोखरा–बागलुङ राजमार्गसँगै जोडिएको छ। निर्माण सम्पन्न भएसँगै बसपार्कको सेड संरचनाभित्र आठ वटा ठुला गाडी र पाँच वटा माइक्रोबस राख्न मिल्ने छ। बाहिरी भागमा करिब १५ वटा ठुला बस राख्न सकिने निर्माण व्यवसायी श्रेष्ठको भनाइ छ। व्यवसायी श्रेष्ठले बिल पेस गरे अनुसार रकम पाएको भए समयमै बसपार्क निर्माण सम्पन्न गरी हस्तान्तरण गर्न सकिने बताउनुभयो। 

सदरमुकाम कुस्मामा बसपार्क निर्माणका लागि स्थानीयवासी र यातायात व्यवसायीले २०६५ सालदेखि नै पहल गर्दै आएका थिए। बसपार्क नहुँदा साना र ठुला गाडी बागलुङ–पोखरा सडक राजमार्गको छेउमा राख्नुपर्ने अवस्था छ। राजमार्ग र बजारको भित्री साँघुरो सडकमा गाडी पार्किङ गरी यत्रतत्र राखिँदा सवारी दुर्घटनाको जोखिम रहेको स्थानीयवासीको गुनासो छ। स्थानीय सामाजिक अगुवा एकनारायण गिरीका अनुसार धेरै पहिलेदेखि बसपार्कको आवश्यकता रहेको भनी निर्माणका लागि पहल गर्दै आएको भए पनि आर्थिक अभावकै कारण केही गर्न नसकिएको हो। गिरीले भन्नुभयो, “ढिलै भए पनि व्यवस्थित बसपार्क बन्दै छ। यसले यात्रु र यातायात व्यवसायीलाई सहज हुने र सवारी दुर्घटनाको जोखिम घटाउने छ।” 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर