नेभिगेसन मेनु

नियमित विद्युत सुनिश्चितताको माग
सम्पादक:南亚网络电视
समय:2023-09-15 18:50

0

स्याङ्जा, भदौ २९ गते। अर्जुन चौपारी गाउँपालिका ६ तमाखुबारीका १२५ घरधुरीमा नियमित विद्युत सुनिश्चितताको माग गरेका छन्। 

सहारा सामुदायिक विद्युत उत्पादन तथा वितरण सहकारीमार्फत सेवा लिँदै आएका यहाँका स्थानीयले प्रभावकारी सेवा नपाएको भन्दै गाउँपालिकामा नियमित विद्युत सुनिश्चितताको माग गरेका हुन्।

१०८ सेवाग्राहीले हस्ताक्षर गरेको निवेदनमा सेवा प्रदायक सहाराबाट भोल्टेज कम आउने र नियमित मर्मत तथा प्रभावकारी सेवा नपाएको गुनासो गरेका छन्। 

सेवा प्रदायक संस्था सहाराले प्रभावकारी सेवा दिन नसकेको बताउँदै नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रमा सेवा समाहित गरी दिन स्थानीयले निवेदनमा माग गरेका छन्। 

स्थानीय डिल्लीराम ढकालले २०६३ सालबाट ८०/२० को साझेदारीमा पाँच लाख रकम तिरेर सहाराबाट विद्युत सेवा लिएको बताउँदै वर्षमा आधा समय मात्र प्रभावकारी ढङ्गले विद्युतको सेवा लिन पाएको बताउनुभयो। 

विगत दुई महिनाबाट विद्युतको ट्रान्समिरट पडकेर सेवा नपाएको बताउँदै ढकालले सेवा प्रदायक सहाराले चासो नदिएको बताउनुभयो। 

१५ दिनमा गाउँपालिकाको पहलमा तीन भोल्टको बत्ती बलेको बताउँदै ढकालले कुटानी पिसानीको लागि एक घण्टा टाढा दरौँ जानुको विकल्प नभएको बताउनुभयो। 

बरु एक महिना अध्यारोपमा बस्छौँ तर सामुदायिक विद्युत उत्पादन तथा वितरण सहकारीबाट विद्युत प्राधिकरणबाट सेवा लिने व्यवस्था गर्न आग्रह गर्नुभयो। 

पालिका अध्यक्ष प्रकाश तिवारीले विद्युत प्राधिकरणसँग समन्वय गरी प्रभावकारी विद्युतीय सेवा प्रदानको लागि पहल गर्ने बताउनुभयो। 

सामुदायिक विद्युत उत्पादन तथा वितरण सहकारीका काबा अध्यक्ष गोविन्द रानाभाटले विद्युत सेवा प्रभावित भएको जानकारी रहेको बताउँदै अहिले नै स्थानीयले भने जस्तो प्रभावकारी सेवा दिन असमर्थ रहेको बताउनुभयो। 

प्राधिकरणमा जोड्ने गरी पहल भइरहेको बताउँदै रानाभाटले केही समय स्थानीयले दुख सहनुको विकल्प नभएको बताउनुभयो। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर