नेभिगेसन मेनु

वालिङमा नमुना बसपार्क बन्ने
सम्पादक:南亚网络电视
समय:2023-09-30 19:33

ण

स्याङ्जा, असोज १३ गते । अव्यवस्थित सवारी पार्किङको समस्या भोगिरहेको वालिङ नगरपालिकाको समस्या समाधान हुने भएको छ ।

वालिङ नगरपालिकाले वडा नम्बर ८ सित्तलनगरमा आधुनिक बसपार्कको निर्माणका लागि नगरपालिकाले नगरविकास कोषको सहयोगमा बसपार्क बनाउने सम्झौता गरेसँगै समस्या समाधान हुने लागेको हो ।

बसपार्क निर्माण गर्न नगरपालिकाले २०७२ सालमा सित्तलनगरमा २० रोपनी जग्गा खरिद गरेको थियो । बसपार्क २० रोपनी नगरपालिकाको र १० रोपनी सार्वजनिक जग्गामा निर्माण हुन लागेको हो ।

नगरपालिकाले नगरविकास कोषको छ करोड ७५ लाख १६ हजार ३५० रुपियाँ ऋण र एक करोड २२ लाख ७५ हजार सात सय रुपियाँ नगरविकास कोषको सहयोग तथा चार करोड २९ लाख ६४ हजार ९५० रुपियाँ वालिङ नगरपालिको लगानी गरी कुल १२ करोड २७ लाख ५७ हजार रुपियाँमा बसपार्क बनाउन लागेको नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो ।

देशकै स्मार्ट सिटीको नामले परिचित वालिङमा सवारी साधन व्यवस्थित रूपमा पार्किङ गर्ने ठाउँको अभावले बजार क्षेत्र कुरूप तथा साँघुरो बनेको थियो ।

सवारी पार्किङको समस्या समाधानका लागि विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार भइसकेको र अब बसपार्क निर्माणको कामले सार्थकता पाउने पक्का भएको हो ।

नमुना बसपार्क निर्माणका लागि सहरी विकास कोषको ९० प्रतिशत तथा वालिङ नगरपालिकाको १० प्रतिशत लगानीमा डीपीआर तयार भएको थियो ।

नमुना बसपार्कको टर्मिनल भवन, घेरा पर्खाल, वर्कसप, पार्किङ स्थल, शौचालय, चमेनागृह र आन्तरिक बाटो निर्माण हुने छ ।

निर्माण सम्पन्न भएपश्चात् बसपार्कमा जिप, मिनिबस, माइक्रोबस लगायतका छोटो दुरीमा चल्ने सवारी साधनहरू प्रतिघण्टा ४२ वटा पार्किङ गर्न सकिनेछ ।

यस्तै, लामो दूरीमा चल्ने बसहरू प्रतिघण्टा ४८ वटा र बिजुलीबाट चल्ने बसहरू प्रतिघण्टा आठ वटा, प्रतिघण्टा दुई पाङ्ग्रे १० वटा, निजी सवारी कारहरू २० वटा बसपार्कमा अटाउने छन् ।

बसपार्क निर्माण सम्पन्न भएपछि वालिङ बजारमा बसहरू रोक्न नपाउने र यात्रुहरू झराल्ने र तथा चढाउने काम बसपार्कबाट मात्र हुने नगरपालिकाले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर