नेभिगेसन मेनु

दोस्रो अन्तराष्ट्रिय विमानस्थलबाट पहिलो ब्यबसायिक उडान
सम्पादक:南亚网络电视
समय:2023-09-10 13:04

Untitled-1 (7)

भदौ २४ गते । सञ्चालन भएको आठ महिनापछि पहिलो पटक शनिबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक उडान भएको छ। ड्रुक एयरको जहाज भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान पौने सात बजे पोखरा आएको थियो। 

तीन यात्रु लिएर आएको १५० यात्रु क्षमताको उक्त जहाजले पोखराबाट ४२ पर्यटक लिएर भुटान फर्किएको छ। ड्रुक भुटानको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी हो। पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट यसले १० अन्तर्राष्ट्रिय गन्तव्य र तीन आन्तरिक विमानस्थलमा उडान भर्दै आएको छ। यसले काठमाडौँमा पनि उडान गर्ने गरेको छ। ड्रुकको विमान बिहान पौने सात बजे अवतरण गरी एक घण्टापछि यात्रु लिएर फर्किएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोचोटि यात्रु विदेशका लागि उडेका छन्। 

विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले विमानस्थलबाट शनिबार भएको उडानले पहिलो पटक आम्दानी गरेकाले यसलाई पहिलो व्यावसायिक उडान मानिएको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “तीन यात्रु लिएर आएको जहाज ४२ यात्रु लिएर फर्किएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोचोटि यात्रु विदेशका लगि उडेको र विमानस्थलले पनि आम्दानी गरेकाले यसलाई पहिलो व्यावसायिक उडान मानेका छौँ।”

पोखरा महानगरका प्रमुख धनराज आचार्यले नियमित उडानअघि चार्टर उडान नै हुने जनाउँदै यसले सकारात्मक सन्देश प्रवाह भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “यो उडानले सकारात्मक सन्देश प्रवाह गरेको छ, ड्रुकले चाँडै नियमित उडान गर्ने अपेक्षा पनि गरेका छौँ। अरू चार्टर उडान पनि हुँदै छन्।” नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी भिआइपी र खर्चिला युरोपेलीको आगमनले पोखराको पर्यटन र उडान क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने भए पनि नियमित उडानमै जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “पोखराबाट कुनमिन हुँदै हङकङ, पोखरा चेन्दु जस्ता उडानका लागि पहल गर्नुपर्छ। सरकार र जिम्मेवार निकायले इच्छाशक्तिसहित काम गर्नुपर्छ, यति ठुलो लगानीलाई बर्बाद हुन दिनुहुन्न।” 

यसअघि चीनको छेन्दुबाट सिचुआन एयरलाइन्सको जहाज आएको थियो। पोखरामा भएको ड्रागन बोट रेसमा सहभागी खेलाडी र अतिथिलाई लिएर सिचुआनको जहाज आएको थियो। सिचुआनको जहाज फर्किंदा रित्तै थियो। गएको जनवरी १ मा विमानस्थल उद्घाटन भए पनि यो अहिलेसम्म केही चार्टर विदेशी उडान र आन्तरिक उडानमै सीमित छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन झन्डै २२ अर्ब रुपियाँ लगानी भएको छ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर