नेभिगेसन मेनु

लुम्बिनीमा थाई स्वाद
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2023-09-26 14:08

thumb (1)

लुम्बिनी — भैरहवाकी लक्ष्मी चौधरीले विश्व प्रसिद्ध थाई मसरुम सुप ‘तोमयम’ को स्वाद लुम्बिनीमै पाएपछि स्वादले खाइन् । सुपबारे थोरै सुनेकी उनले लुम्बिनीमै पाउँदा धित मार्ने गरी पिएको बताइन् । उनी जस्तै लुम्बिनी घुम्न आएका चेकोस्लाभियाका क्रिस्टियानोले पनि लुम्बिनीमा थाई अचार ‘सोमताम’ खान पाउन खाएर मक्ख परे ।

‘घुम्न आएको थिएँ,’ उनले भने, ‘थाई परिकारले जिब्रो लट्ठियो ।’

लुम्बिनीमा थाई परिकारसँगै नेपाली शुद्ध शाकाहारी खाना महोत्सवमा स्थानीय, लुम्बिनी घुम्न आएका पर्यटन व्यवसायीले मज्जाले स्वाद चाखे । थाई परिकार पेटभरि खाएर आनन्द लिए । शुक्रबार सुरु तीनदिने खाना महोत्सव आइतबार सकिएको छ । पूर्ण शाकाहारी अर्थात् भिगन खाना ख्वाएर बुद्ध शिक्षालाई सार्थकता प्रदान गरी जीवनयापनलाई सहज र सरल बनाउन नेपाली र थाई उपासक/उपासिकाद्वारा सञ्चालित विश्व प्रकाश प्रतिष्ठान र रोयल थाई मोनास्ट्रीले निःशुल्क खाना महोत्सव सञ्चालन गरेका हुन् । तीन दिनमा २ हजार ५ सयले निःशुल्क खाना खाएका आयोजकको भनाइ छ ।

लुम्बिनीस्थित थाई मोनास्ट्रीमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खाना महोत्सव सञ्चालन गरिएको थियो । भिक्षु, भिक्षुणी, लामा, गुरु, लुम्बिनी घुम्न आउने स्वदेशी र विदेशी पर्यटक, स्थानीय बासिन्दा र सर्वसाधारण सबैलाई खाना खुवाइएको थियो । दैनिक ५ नेपाली र ५ थाई परिकार खुवाउने गरिएको थियो । दाल र भातबाहेक दैनिक फरकफरक परिकार खुवाइएको थियो । ‘नेपालीमा शाकाहारी खाना भनेको आलु मात्र हो भन्ने बुझिन्छ,’ प्रतिष्ठानका अध्यक्ष मनिराम भुसालले भने, ‘यहाँ धेरै किसिमका पोसिला र उपयोगी खाना खुवाइएको थियो ।’

भिगन फिस माछाजस्तो देखिन्छ, तर बन्छ सोयाबिनबाट । भिगन अन्डा–अन्डाजस्तो देखिन्छ तर दालबाट बन्छ । भिगन कुखुराको मासुजस्तो देखिन्छ, तर मसरुमबाट बन्छ । शाकाहारी धेरै परिकार छन् तर कमैलाई थाहा छ । जस्तो खान्छौं, त्यस्तै हुन्छौं, त्यही भएर सोच र विचारमा शुद्धता ल्याई खुसीसँग बाँच्न सिकाउन शाकाहारी खाना महोत्सव सञ्चालन गरिएको भुसालले बताए ।

खाना महोत्सवमा थाई तरकारी लाख र क्वाक्लिङ, करी मात्समान, आचार सोमताम, सुप क्विी थ्यावो र भेज रोल मुख्य परिकार थिए । त्यस्तै, नेपाली दात, भात, अचार र सलादका परिकार थिए । थाई परिकारबाट लुम्बिनीका होटल व्यवसायी बढी आकर्षित भएका थिए । उनीहरू दैनिकजसो गएर खाना खाने र पकाएको हेर्ने गरेका थिए । यसले लुम्बिनी आउने थाई पर्यटकलाई कसरी खानामा आकर्षिक गर्न सकिन्छ भनेर सिक्ने उपयुक्त अवसर मिलेको पर्यटन व्यवसायी खिम श्रेष्ठले बताए ।

धनकुटाबाट लुम्बिनी घुम्न आएका शेरबहादुर कार्कीले थाई शाकाहारी परिकारको स्वाद लिन पाउँदा खुसी लागेको बताए । ‘थाई मन्दिर घुम्न गएका बेला खान निमन्त्रणा पायौं,’ उनले भनिन्, ‘१० जनाको समूहले मज्जाले खायौं । थाई शाकाहारी परिकार गजब लाग्यो ।’ खानामा प्याज र लसुनसमेत प्रयोग नगरिए पनि उस्तै स्वादिष्ट र मिठासपूर्ण रहेको लुम्बिनी होटल एसोसिएसन वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले बताए । लुम्बिनी क्षेत्रमा शाकाहारी खानालाई प्रमोसन गर्न सके बुद्ध जीवनीले सार्थकता पाउने थाई भिक्षु फ्रा बोधी विड्सले बताए । ‘बुद्धले शान्ति र अहिंसामा जोड दिनुभएको छ,’ उनले भने, ‘यस्तो ठाउँमा मांसहारी होइन, सधैं शाकाहारी खाना खाने बानी बसाल्नुपर्छ ।’

सात्विक भोजन शान्ति, एकाग्रता, करुणा, प्रेम र दयाजस्ता गुणका लागि प्रभावकारी मानिएकाले यसैलाई प्रमोसन गर्नुपर्ने अभियान राम्रो भएको लुम्बिनी प्रदेश सामाजिक विकासमन्त्री सीके गुप्ताले बताए । ‘शाकाहारी भोजनमा मानिसको रोग प्रतिरोधात्मक क्षमता मांसाहारीको भन्दा बढी हुन्छ,’ उनले भने, ‘जसको प्रमाण कोरोना कालमा शाकाहारीहरू बढी बाँचे ।’

बुद्ध जन्मस्थल भएकाले यहीबाट शान्तिको सुरुवात गर्न शाकाहारी भोजनको महत्त्व बुझाउँदै खुवाउन थालेको थाई स्वतन्त्र पत्रकार वाङ लावोसे बताइन् । लुम्बिनी क्षेत्रमा शाकाहारी खानालाई प्रवर्द्धन गर्न सकिए बुद्ध जीवनीले सार्थकता पाउने थपिन् ।

‘बुद्धले शान्ति र अहिंसामा जोड दिनुभएको थियो,’ उनले भनिन्, ‘यस्तो ठाउँमा शाकाहारी खाना खाने बानी बसाले मानव जीवन पनि शान्त र करुणा, सद्भावमैत्री बन्छ ।’ तीन वर्षदेखि यहाँ यसरी नै थाई शाकाहारी परिकार खुवाउँदै आएको छ । तीन वर्षमा ८ हजार बढीलाई खुवाइसकिएको आयोजकले बताए । शाकाहारी भोजनमा मानिसको रोग प्रतिरोधात्मक क्षमता मांसाहारीको भन्दा बढी हुने बताइन्छ । पछिल्लो समय विश्वव्यापी रूपमा पशुपन्छीजन्य वस्तु नखाने र पशुपन्छीबाट उत्पादित वस्तु धारण नगर्ने एउटा अभियानले तीव्रता पाएको छ ।

नेपालमा पनि बिस्तारै–बिस्तारै यो अभियानले गति लिइरहेको छ । अभियानलाई केहीले ‘शुद्ध शाकाहार’ त केहीले ‘विशुद्ध शाकाहार’ भनिरहेका छन् । तर, अंग्रेजीमा भने ‘भिगन’ नाम दिइएको छ । यो एउटा जीवनशैलीसँग जोडिएको विषयवस्तु पनि हो । महोत्सवमा हिमालय क्षेत्रका विशुद्ध शाकाहारी जीवनशैलीबारे सचेतना र ज्ञान पनि दिएको थियो । शाकाहारी जीवनशैलीका फाइदाबारे पनि बताइएको थियो । महोत्सवमा जीवजन्तु जनावरबाट आउने कुरा नखाने, जीवजन्य वस्तुको प्रयोग नगर्ने भिगनिज्म भएको भिक्षु सुमंगलोले बताए ।

महोत्सवमा केरा, फूल र मसरुमबाट बनाइएको थाई तरकारी लाख र ड्राई पाउडरले बनाइएको क्वाक्लिङ परिकार आकर्षण थियो । त्यस्तै कोकोनट, बोडी र आलुले बनाइएको करी मात्समान, मेवा, काँक्रो र बदामले बनाइएको अचार सोमताङ, मूला, गाँजर, मसरुमले बनाइएको सुप क्विी थ्यावो र भेज रोल मुख्य थाई परिकार थिए । त्यस्तै तोफु, आलु र गाँजर राखेर बनाइएको भेज अन्डा, मैदा र तोफुले बनाइएको चिकन फ्राई, हेक्रिन र थाई पकौडा राखिएको थियो । परिकारहरू थाइल्यान्डबाटै आएका कुकहरूले बनाएका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर