नेभिगेसन मेनु

हिमालय एयरलाइन्सको गन्तव्य बिस्तार, चीनको छिङ्ग्ताओमा आइतबारदेखि उडान
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2023-09-10 14:42

IMG_2183

पत्रकार सम्मेलनमा उपस्थित अतिथिजन्। तस्बिर: विशाल श्रेष्ठ / एस ए टी भी

काठमाडौं, भदौ २४। आजदेखि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको छिङ्ग्ताओ (Qingdao) शहर र काठमाण्डौबिच सिधा उडान शुरु गरेको छ। पहिलो उडानबाट एक बालकसहित ११४ जना यात्रु छिङ्ग्ताओ गएका छन् । एच ९७२२० को उडानले करिब सभा ९ बजे ती यात्रु लिएर छिङ्ग्ताओ प्रस्थान गरेको हो। आईतबार त्रिभुवन अन्त्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गर्दै हिमालय एयरलाइन्सले यस सूचना सार्वजनिक गरेको हो।

图片_20230910121217

पहिलो उडानको उद्घाटनमा रिबन काट्नु हुँदै तीन प्रतिनिधि।तस्बिर: विशाल श्रेष्ठ / एस ए टी भी

नविन उडान उद्घाटनका लागि सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छन सोङ् पर्यटन सचिव भरतमणि सुवेदी, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारी, हवाइ सुरक्षा शाखा प्रमुख बच्चुराम श्रेष्ठको उपस्थिति रहेको थियो।

IMG_2169

कार्यक्रमा स्वागत मन्तव्य पेश गर्नु हुँदै हिमालयन एयरका अध्यक्ष चौ एन्योङ्गले राजदूत सोङले चिनियाँ राष्ट्रपति सी जिन पिङ्गको २०१९ मा नेपाल भ्रमण हुँदा प्रस्तुत ट्रान्स हिमालयन कनेक्टिभिटीको अवधारणा अनुरुप यो उडानले इतिहास रचेको बताउनु भयो ।

IMG_2177

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले भने छिङ्ग्ताओजस्तो राम्रो र परिचित शहरमा नेपालबाट सिधा उडान हुनु राम्रो कुरा हो भन्दै धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल आउनेमा यो उडानले सहयोग गर्ने बिश्वास व्यक्त गर्नु भयो। 

IMG_2173

नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम छन् सोङ्ले चीन र नेपालबीचको नयाँ हवाई मार्गले हवाई सम्बन्धलाई सुदृढ गर्दै, ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क संयुक्त रूपमा निर्माण गरेर बेल्ट एण्ड रोड (बीआरआई) को उद्देश्य पूरा गरेको जानकारी दिनु भयो।

IMG_2187

" हिमालय एयर अन्य सेवा प्रदायकभन्दा फरक छ। हामीले प्रतिफलको आशा नगरी चुनौतिका साथ नेपालबाट चीनको नयाँ र पहिलो गन्तव्यमा उडान शुरु गरेका हौं । पोखरामा पनि पहिलो उडान हिमालयलेनै गरेको हो", हिमालयन एयरका उपप्रमुख विजय श्रेष्ठले बताउनु भयो।

IMG_2163

图片_20230910121207

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर