नेभिगेसन मेनु

प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डाबारे छलफल गर्न परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच भेट
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2023-08-29 20:15

Np_Saud_and_chan_song1_ArAo3vT80T

काठमाडौं, भदाै १२ गते । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको तयारी भइरहेका बेला उनीहरूबीच मंगलबार सिंहदरवारमा भेटवार्ता भएको हो। उनीहरूबीच करिब ४५ मिनेट प्रधानमन्त्रीको भ्रमण र एजेण्डाबारे छलफल भएको थियो।

अमेरिकी परियोजना एमसीसी कार्यान्वयनका लागि उपाध्यक्ष क्यामरन एस अलफोर्ड काठमाडौं आएका बेला चिनियाँ राजदूत सोङले परराष्ट्रमन्त्रीलाई भेटेका हुन्। प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर अमेरिकाको न्युयोर्कबाट सिधै चीन जानेछन्।

नेपाल र चीनबीच हुने द्विपक्षीय सहमतिका विषयमा उनीहरूबीच छलफल भएको स्रोतले जनाएको छ। प्रधानमन्त्री दाहालको भ्रमणका बेला चीनले बीआरआई परियोजना कार्यान्वयन गर्ने विषय प्राथमिकतामा राखेको छ। सोही विषयमा छलफल गर्न राजदूत सोङले परराष्ट्रमन्त्री साउदसँग भेटवार्ता गरेका हुन्। प्रधानमन्त्रीको भ्रमणका बेला चीनले बिआरआई परियोजना कार्यान्वयनका लागि दाहालसँग ठोस कुराकानी गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री दाहालले संसदमा बोल्दै मंगलबार चीन भ्रमणका एजेण्डाहरू प्रस्तुत गरेका थिए। उनले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउँदै नेपालको सामाजिक आर्थिक विकासका लागि चीन-नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रित रहने बताए। भ्रमणका क्रममा यसअघि भएका सम्झौता र समझदारीको कार्यान्वयनमा जोड दिइने उनको भनाइ छ।

नेपाल र चीनबीचको आर्थिक तथा व्यापार सम्बन्धलाई थप सहज बनाउने, दुई देशबीच रहेका सीमा नाकाहरूको सञ्चालनलाई प्रभावकारी बनाउने र नयाँ नाकाहरु खोल्ने विषय प्राथमिकतामा रहने प्रधानमन्त्री दाहालले बताए। त्यसैगरी सडक, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि तथा व्यापार र विकास सहायता क्षेत्रमा कनेक्टिभिटी, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रका रूपान्तरणकारी परियोजनाहरूमा चीनको सहयोग विस्तारको विषयसमेत प्राथमिकतामा रहने उनले बताए। 

प्रधानमन्त्री दाहालले चीनसँग विद्युतीय व्यापार सम्झौतामा हस्ताक्षर हुने दाबी गर्दै आएका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर