विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गर्नुहुँदै शिक्षा मन्त्री र महामहिम छन् सोङ। तस्बिर - एस ए टि भी/विशाल श्रेष्ठ
काठमाडौं, भाद्र ५ गते। नेपालस्थित जनवादी गणतन्त्र चीनको राजदूतावासले आज काठमाडौंको होटल याक एन्ड यतिमा वार्षिक प्रतियोगिताको लागि पुरस्कार वितरण कार्यक्रम र चिनियाँ शिक्षा स्वागत समारोहको आयोजना गरेको छ । कार्यक्रम नेपालस्थित जनवादी गणतन्त्र चीनको राजदूतावासको आयोजनामा भएको थियो भने नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्, अन्तर्राष्ट्रिय चिनियाँ भाषा शिक्षाको लागि स्वयंसेवी गृहले सहायोजना गरेको हो ।
कार्यबेस्तता बाट थोरै समाए निकाली कार्यक्रममा पाल्नु भएका अतिथिजन। तस्बिर - एस ए टि भी/विशाल श्रेष्ठ
कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राई तथा नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम छन सोङ प्रमुख अतिथि रहनु भएको थियो ।
बालबालिकाको भविष्यप्रति गंभीर मन्तव्य पेश गर्नुहुँदै माननीय शिक्षा मन्त्री अशोक कुमार राई। तस्बिर - एस ए टि भी/विशाल श्रेष्ठ
आफ्नो हालैको चीन भ्रमणको स्मृति साझा गर्दै माननीय शिक्षा मन्त्री अशोक कुमार राईले चीनको आविष्कार साँच्चै प्रभावशाली र प्रभावकारी रहेको जानकारी गराउनु भयो । नेपाल-चीन शताब्दीयौं देखिको भरपर्दो मित्र भएकाले विज्ञान र प्रविधिमा हात मिलाउँदा पनि उत्कृष्ट नतिजा आउने विश्वास व्यक्त गर्दै दुई देशको सम्बन्धलाई सुदृढ बनाउन योगदान दिनु भएकोमा भाषा प्रशिक्षकहरूलाई धन्यवाद ज्ञापन गर्नु भयो।
युवाको हौसलाबाट प्रेरित महामहिम छन् सोङ। तस्बिर - एस ए टि भी/विशाल श्रेष्ठ
"कोरोना महामारीको प्रभावमा कमी आएसँगै यस वर्षको सुरुदेखि नै हाम्रो द्विपक्षीय सम्बन्ध र जनताबीचको सम्बन्ध निकै फस्टाएको छ । मलाई विश्वास छ कि हरेक युवाहरूले समर्पित भएर अध्ययन गर्नेछन् र एक दिन एउटै हावामा ९०,००० माइलसम्म उडान भर्न सक्षम हुनेछन्" , नेपालका लागि चीनका राजदूत महामहिम छन सोङले भन्नु भयो।
उपस्थित अतिथि मन्त्रि अशोक कुमार राई र राजदूत छन् सोङले नेपालस्थित चिनियाँ दूतावासद्वारा आयोजित विभिन्न छ वटा प्रतियोगिताका विजेताहरूलाई पुरस्कार हस्तान्तरण गर्नु भयो। १६औँ चाइनिज ब्रिज– नेपालमा विदेशी माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि चिनियाँ प्रवीणता प्रतियोगिता फाइनल, १०औँ “राजदूत कप”, नेपाली प्राथमिक तथा माध्यमिक विद्यालयका विद्यार्थीहरुको चिनियाँ वक्तित्व प्रतियोगिता, ९औँ चिनियाँ सांस्कृतिक प्रतिभा प्रतियोगिता, चौथो र पाँचौं 'चाइना इन माइ माइन्ड' , नेपाली प्राथमिक तथा माध्यमिक विद्यालयका विद्यार्थीहरुको चित्रकला प्रतियोगिता र अन्तमा उत्कृष्ट संस्थाहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
विभिन्न विद्यार्थीहरूले दर्शकलाई मनोरञ्जन प्रदान गर्न नृत्य र संगीत प्रस्तुत गरे भने केहीले आफ्नो भावना, मनोवृत्ति र छिमेकी चिनियाँ भाषा र संस्कृतिप्रति सम्मान व्यक्त गर्न मन्तव्य प्रस्तुत गरे। कार्यक्रममा कुशल र प्रभावशाली देखिने चिनियाँ संस्कृतिको बुझाइ व्यक्त गर्ने विद्यार्थीहरूको चित्रकला र कलाहरु समेत सजाइएको थियो। एस ए टि भिको क्यामरामा कैद अन्य तस्बिरहरू: