नेभिगेसन मेनु

‘सिल्क रोड’ चाइनिज म्युजिक कन्सर्ट सम्पन्न, उत्कृष्ट कलाकारद्वारा मनमोहक प्रस्तुति
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2023-09-01 14:11

IMG_1890

प्रस्तिताहरुसँग सामूहिक तस्बिर खिचाउनु हुँदै प्रमुख अतिथि। तस्बिर-विशाल श्रेष्ठ/ एस ए टी भी

नेपालस्थित जनवादी गणतन्त्र चीनको दूतावासले चाइना कल्चरल सेन्टर इन नेपाल, चाइना आर्ट्स एन्ड इन्टरटेनमेन्ट ग्रुप लिमिटेड, वल्ड कल्चरल नेटवर्क र नेपाल चाइना कल्चरलको सहकार्यमा बिहीबार (अगस्ट ३१) आर्मी अफिसर्स क्लबमा ‘सिल्क रोड’ चाइनिज म्युजिक कन्सर्ट आयोजना गरिएको थियो भने चाइना संगीतकार संघले प्रायोजन गरेको हो ।

चिनियाँ र नेपाली दर्शकमाझ चिनियाँ संस्कृति र परम्पराको कला प्रस्तुत गर्ने उद्देश्यले कन्सर्ट आयोजना गरिएको हो । यसले प्रत्येक नेपालीलाई चिनियाँ संस्कृतिसँग थप परिचित गराउने, चिनियाँ संस्कृतिको ज्ञानको परिधिलाई फराकिलो बनाउनुका साथै नेपालमा बसोबास गर्ने चिनियाँहरूलाई चिनियाँ सांस्कृतिक रात्रि उपलब्ध गराउन योगदान पुर्याउने विश्वास लिएको थियो ।

IMG_1710

कार्यक्रम बारे दर्शकलाई जानकारी गराउनु हुँदै राजदूत महामहिम छन् सोङ। तस्बिर-विशाल श्रेष्ठ/ एस ए टी भी

नेपालका लागि चिनियाँ राजदूत महामहिम छन् सोङले कार्यक्रमको प्रमुख अतिथिको रुपमा उपस्थिति जनाउनु भएको थियो । राजदूत सोङले आफ्नो मन्तव्य मार्फत, “गोल्डेन बेल स्टार्स” एन्सेम्बल चिनियाँ संगीत संस्थाका प्रतिभाशाली युवा वाद्यवादक र गायन कलाकारहरूको साथमा सबैभन्दा उच्च चिनियाँ संगीत पुरस्कार “गोल्डेन बेल अवार्ड्स” प्राप्त गरेका युवा कलाकारहरू मिलेर बनेको जानकारि गराउनु भयो। साथै चीनको सांगितिक क्षेत्रको सबभन्दा ठुलो पुरस्कार पाईसक्‍नुभएका कलाकारहरुले सांगितिक प्रस्तुती गर्नुहुनेछ भन्दै चिनियाँ संगीतबारे दर्शकमा राम्रो छाप छोड्ने बिश्वाश व्यक्त गर्नुभयो।

अर्केस्ट्राले सुमधुर गीत, लोकगीत, चिनियाँ कथा, प्रकृति प्रेम र नेपाली संगीत समेत प्रस्तुत गरेको थियो । अर्केस्ट्रा संगीतकारहरूले आफ्ना उत्तम नोटहरूको साथ मूड परिवर्तन गरे। विभिन्न प्रकारका संगीत वाद्ययन्त्रको प्रत्यक्ष बजाइ र कलाकारको मनोरञ्जनात्मक  स्वरले दर्शकमा थप जोश र उत्साह थपेको थियो । एकपछि अर्को गर्दै कलाकार र अभिनेत्रीहरुको चकित पार्ने प्रस्तुतिले दर्शकको मन लोभ्यायो र अन्त्यमा दर्शकहरुबाट ठुलो ताली बटुल्यो ।

नेपाली गीत रेशम फिरिरीदेखि चाइनिज म्युजिक फ्लावर्स ब्लुमिङ अन्डर द फुलि मुन एन्ड द सिल्क रोडमा चिनियाँ वाद्य यन्त्र असाधारण रूपमा बजाइएको थियो। आर्केस्ट्रा वादकहरूको समूहले आफ्नो संगीतको स्विङमा छिटोदेखि सुस्त, रमाइलोदेखि गम्भीर हुँदै वातावरणलाई थप जीवन्त बनाउँदै दर्शकहरूको प्रसंसा बटुलेको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर