नेभिगेसन मेनु

उज्यालो प्रदेशको अँध्यारो गाउँ
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-08 11:57

Untitled-1

मनाङ, भदौ २२ गते । हिमालपारिको जिल्ला मनाङमा एक दर्जन हाराहारीमा लघुजलविद्युत् सञ्चालनमा छन् । यहाँ विद्युत् आपूर्तिमा समस्या आइरहन्छ । विद्युत्को समस्याले गर्दा उज्यालो गण्डकी प्रदेशको अभियानमा चुनौती थपिएको छ । उज्यालो प्रदेशको अँध्यारो गाउँ झिलिमिली बन्न सकेको छैन । 

आफ्नै उत्पादनमा आत्मनिर्भर हुँदै लघुजलविद्युत्मार्फत जुनकिरी झैँ उज्यालो बनेको मनाङमा केन्द्रीय प्रसारण लाइनसँग जडान हुने गरी विद्युत् उत्पादन भएको छैन । सङ्घीयता कायम भएसँगै गण्डकी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशलाई उज्यालो बनाउने घोषणा गर्नुभएको थियो । उहाँले घोषणा गरेपछि सुगम मानिने जिल्ला पनि खासै उज्यालो बन्न सकेका छैनन् । पूर्वमुख्यमन्त्री गुरुङले मनाङमा विशेष रूपमा विद्युत् प्रवाहको व्यवस्था हुन्छ भने पनि मनाङीको अपेक्षा पूरा हुन सकेको छैन । 

नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख राजु महतोले आफू मनाङलाई झिलिमिली पार्न लागिपरेको बताउनुभयो । उहाँले ग्रामीण लघुजलविद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्ने योजना रहेको उल्लेख गर्नुभयो । हाल सदरमुकाम चामेमा एउटा र माथिल्लो मनाङको ङिस्याङ गाउँपालिकामा एउटा गरी दुई वटा लघुजलविद्युत्मार्फत मनाङलाई उज्यालो बनाउने काम भइरहेको उहाँको भनाइ छ । 

गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले नार्पाभूमिमा दुई वटा लघुजलविद्युत् भए पनि एउटा मात्रै सञ्चालनमा रहेको र अर्को निर्माणकै व्रmममा रहेको जानकारी दिनुभयो । उहाँले स्रोत सुनिश्चित नहुँदा विकट पालिकाका अध्यक्ष नै वैकल्पिक ऊर्जाको भरमा सीमित हुन पुगेको बताउनुभयो । मस्र्याङ्दीका नाममा मनाङी अन्यायमा परेको गुनासो उहाँको थियो । उहाँले भन्नुभयो, “मस्र्याङ्दीबाट यति धेरै बिजुली उत्पादन हुन्छ, मुहानै अँध्यारोमा छ, खै त मनाङीलाई उज्यालो ।” 

मनाङका केही स्थान लघुजलविद्युत्का भरमा छन् । बाढीपहिरोले क्षति पुगेका केही लघुजलविद्युत्का संरचना हालसम्म पनि निर्माण तथा मर्मत हुन सकेका छैनन् । समाजसेवी चेकमान गुरुङले निर्माण व्यवसायीले भीमताङ लघुजलविद्युत् आयोजनाको मर्मत तथा निर्माणका लागि सामग्री ल्याएर बाटोमा अलपत्र छाडिएको जानकारी दिनुभयो । गुरुङले भन्नुभयो, “सामग्री ल्याएको छ, काम भने हुन सकेको छैन । ठुला जलविद्युत् निर्माणका सामग्री पनि केही ल्याएको छ तर काम आंशिक मात्र भएका छन् । कहिले होला खोइ उज्यालो मनाङ ?” 

त्यस्तै नासोँ गाउँपालिका–८ स्थित सोदीखोला लघुजलविद्युत् आयोजना बाढीपहिरोबाट क्षति पुगेपछि पनि सञ्चालनमा समस्या परेको छ । जनप्रतिनिधि तथा बुद्धिजीवीले पटक पटक दबाब दिँदासमेत यस आयोजनाको काम हुन नसक्नु दुःखद भएको नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “यस आयोजनाको भत्किएका भाग निर्माण तथा मर्मत गर्न सके सहज हुन्थ्यो तर पटक पटक ताकिता गरे पनि काम गर्न सकिएको छैन ।” 

बाढीले क्षति पु-याएको लघुजलविद्युत् मर्मतमा स्थानीयले श्रमदान गरी केही चल्न पनि थालेका छन् । न केही सामग्री ल्याउन सकेका छन्, न त कामदारले काम गर्न नै सकेका छन् । ग्रामीण क्षेत्र भएकाले पनि सामग्री ढुवानीमै समस्या हुँदा ढिलाइ भएको हुन सक्ने स्थानीयको बुझाइ छ । 

मनाङमा पहिलो पटक २०७७ सालमा केन्द्रीय प्रसारण लाइन जडान भयो । केन्द्रीय प्रसारण लाइनको विद्युत् जडान भएको एक वर्ष नपुग्दै २०७८ जेठ १४ देखि हिमाली जिल्ला मनाङ बाढीपहिरोको विपत्मा प¥यो । केन्द्रीय प्रसारण लाइन सरकारी कार्यालयमा मात्रै जडान भएकोमा बाढीपहिरोले विच्छेद गरायो । 

मनाङका कतिपय पर्यटन तथा होटल व्यवसायीले त व्यक्तिगत लगानीमा लघुजलविद्युत् आयोजना सञ्चालन गरी आफूलाई आवश्यक विद्युत् आपूर्ति गर्ने गरेका छन् । सरकारले कहिले ल्याइदिन्छ भनेर बस्नुभन्दा सकेको आफैँबाट सुरुवात गर्नु पर्छ भन्ने भावनाले यसरी जलविद्युत् सञ्चालन गरिएको मनाङ ङिस्याङ गाउँपालिका–८ का वडाध्यक्षसमेत रहेका भुजुङ गुरुङले बताउनुभयो । अँध्यारो मनाङलाई तिलिचो तालसम्म उज्यालो बनाउने उद्देश्यले पोल र तार टाँग्ने काम भने भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । तिलिचोसम्म कहिलेसम्म बिजुली पुगेर उज्यालो बन्छ भन्ने यकिन भने छैन ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर