नेभिगेसन मेनु

बाढीले बिजुलीका पोल र खानेपानीका पाइप बगायो
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-17 11:38

Kagbeni_Mustang_

म्याग्दी, साउन ३२ गते । मुस्ताङ जिल्लाको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीमा आइतबार बेलुका आएको बाढीले २८ वटा बिजुलीको पोल एवं दुई किलोमिटर लामो खानेपानीको पाइपलाइन बगाउँदा कागबेनी क्षेत्र बत्ती र पानीविहीन बनेको छ। 

कागबेनी क्षेत्रमा दुई किलोमिटर टाढाबाट ल्याएको खानेपानीको पाइपलाइन तथा धारा बाढीले बगाउँदा अवरुद्ध भएको हो। मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले चाँडै खानेपानी सञ्चालन गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो। अहिले स्थानीयले मूल र नजिकैको खोलाबाट पानी ल्याएर उपभोग गर्दै आएका छन्। 

बाढीले कागबेनीका घर, धर्मशालालगायतका २९ घर, पाँच वटा गोठ पूरा क्षति भएको छ भने १० घर र चार गोठमा आंशिक क्षति पुगेको बताउनुभयो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) गोपीकृष्ण सुवेदीले आइतबार बेलुकादेखि विद्युत् सेवासमेत अवरुद्ध भएको छ। मुस्ताङमा विद्युत् वितरणको काम गर्दै आएको नीलगिरि उपभोक्ता सहकारी संस्था लिमिटेडका कार्यालय प्रमुख सनप्रसाद थकालीले बताउनुभयो। 

उहाँले भन्नुभयो, “विद्युत् सञ्चालन गर्ने कसरी भनेर हेर्न जाँदा सबै बगर भएको देख्दा विरक्त लाग्यो त्यस्सै फर्केर आएँ रेकर्डका लागि चाहिने फोटोसम्म पनि खिच्ने आँटै आएन।” थकालीले भन्नुभयो, “हामीले बिजुलीको पोल गाड्नका लागि खाल्डो खन्ने काम गरिसकिएको भए पनि सडक नहुँदा पोल लगेर गाड्नलाई समस्या भएको छ।

यस पटकको बाढीले गर्दा विद्युत्का पोल तथा तार अनि फिटिङ सामग्री गर्दा झन्डै १० लाख ६० हजार रुपियाँभन्दा बढीको क्षति भएको छ। उहाँका अनुसार बाढीले गर्दा कागबेनी क्षेत्रमा २८ वटा पोल, जोमसोममा दुई वटा र ध्ये खोलामा दुई वटा गरी कुल ३२ पोल बगाएको छ भने दुई किलोमिटर तार पनि बगेको छ। बाढीले गर्दा प्रहरी चौकी, मन्दिर, धर्मशालालगायतका भौतिक संरचनामा क्षति भएको थियो। बाढीले गर्दा ५० जना स्थानीय बासिन्दा पूर्ण विस्थापित भएका छन् भने एक सय जना मजदुर विस्थापित भएका छन्। 

नीलगिरि उपभोक्ता सहकारीका कार्यालय प्रमुख थकालीले कागखोलामा आएको बाढीले २८ वटा बिजुलीको पोल बगाउँदा उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका एवं लो–घेकर दामोदरकुण्ड गाउँपालिका अन्धकार बनेको मुस्ताङमा विद्युत् वितरण गर्दै आएको बताउनुभयो। 

बाढीपीडितका लागि राहत तथा उद्धारका लागि मुख्यमन्त्री कार्यालयको समन्वयमा तीन हजार लिटर डिजेल मुस्ताङ पुगेपछि सडक निर्माणको कार्य थालिएको छ। त्यस्तै मुख्यमन्त्री कार्यालयको समन्वयमै आएको टेन्ट, त्रिपाललगायतका सामग्री बुधबार बेलुकासम्म मुस्ताङ पुग्ने प्रजिअ केसीले बताउनुभयो। उहाँका अनुसार गृह मन्त्रालयबाट निर्णय भएका सामग्री आउँदै छन् भने रेडक्रस सोसाइटी मुस्ताङले पनि राहत सामग्री वितरण गरेको छ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर