नेभिगेसन मेनु

मौलिक संस्कृति जोगाउँदै स्थानीय
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-05 12:47

Untitled-1 (5)

म्याग्दी (बेनी), भदौ १९ गते । मुस्ताङको पर्यटकीयस्थल ठिनीका स्थानीय मौलिक संस्कृति जोगाउन जुटेका छन् थकाली समुदायको बसोबास रहेको ठिनी होमस्टे गाउँका रूपमा परिचित छ । थकाली समुदायको मौलिक कला, संस्कृति र परम्परालाई संरक्षण गर्न ठिनीवासी सामूहिक रूपमा  सक्रिय भएका छन् । 

मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा पर्ने ठिनी गाउँ प्राकृतिक, ऐतिहासिक र  हिमाली संस्कृतिको अध्ययन गर्ने थलो पनि हो । यहाँ थकाली समुदायको पुरानो कला संस्कृति अझै जीवित छ । थकाली संस्कृति, सभ्यताको संरक्षण र पुस्तान्तरणका लागि ठिनीवासीले परम्परागत मेला पर्वलाई निरन्तरता दिएको वडाध्यक्ष प्रदीप थकालीले बताउनुभयो । यतिखेर भाद्र मेला (फाला) ठिनीवासीले धुमधामसँग मनाएका छन् । शनिबार र आइतबार गरेर दुई दिनसम्म चलेको मेलामा मौलिक संस्कृति झल्किने  विभिन्न नाच प्रदर्शन गरेको वडाध्यक्ष थकालीले बताउनुभयो । 

ठिनीवासी आफ्नो पुरानो मौलिक कला संस्कृति संरक्षण गर्न जागरुक भएको वडाध्यक्ष थकाली बताउनुहुन्छ । उहाँले भन्नुभयो, “ठिनीमा थकाली संस्कार र संस्कृतिको संरक्षणमा नयाँ पुस्ता पनि जुटेका छन् । थकाली सभ्यताको संरक्षण र प्रचारप्रसार गरेर पर्यटक आगमन बढाउने हाम्रो अभियान छ ।” संस्कृतिको संरक्षण र प्रवर्धनका लागि वडाले पनि आवश्यक सहयोग गरेको उहाँको भनाइ छ । 

दुई दिनसम्म सञ्चालन भएको फाला मेलामा याक नाच, झाँकी, लोपोन्मुख ढुङ्ग्री नाच, थकोर्चेन राजाको पालामा गरिने योद्धा नाच तथा सांस्कृतिक कार्यव्रmमका साथै परम्परागत नाटक प्रस्तुत गरिएको उहाँले बताउनुभयो । ठिनीको संस्कृति, परम्परा, वेशभूषा र पर्व जोगाउन यहाँका स्थानीय युवा पनि सव्रिmय भएको स्थानीय जनमुक्ति युवा क्लब ठिनीका सचिव नीरज थकालीले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर