नेभिगेसन मेनु

स्याङ्जामा बाह्रै महिना सुन्तला
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-30 13:48

dfadfb

स्याङ्जा, भदौ १३ गते । सुन्तलाको लागि प्रसिद्ध स्याङ्जामा १२ महिना सुन्तला पाइन्छ भन्दा अचम्म लाग्ला, तर अचम्म मान्नु पर्दैन यहाँ हरेक महिना फरक फरक जातको सुन्तला पाइने गर्दछ । 

पुतली बजार नगरपालिका ११ माया टारीका ४५ वर्षीय बोधराज अर्यालको बगैँचामा हरेक महिना फरक फरक जातको सुन्तलाको स्वाद लिन पाइन्छ । 

जग्गा भाँडामा लिएर ४५ रोपनी क्षेत्रफलमा अयालले गरेको सुन्तला खेतीले जिल्लामै छुट्टै पहिचान बनाएको छ । नेपाली विभिन्न जात सहित २० जातका सुन्तला रहेको अर्यालको बगैँचामा अहिले जापानीज उन्सु जातको सुन्तला पाकेको हो । 

यहाँ भदौ असोजमा उन्सु  पाउने गर्दछ भने कार्तिकमा जापानी मुन्तला पाइने अर्यालले बताउनुभयो । मङ्सिरबाट स्याङ्जा स्पेसल, जुनार र धनकुटाको खोपूँ, जापानी भ्यालेन्सिया लेट फागुन सम्म फाइने आर्यलले बताउनुभयो । 

चैतमा अमेरिकी मर्कट र वैशाखमा पाकिस्तानी किन्नु जातको सुन्तला आफ्नो बगैँचा पाइने अर्यालको भनाई थियो । जेठ, असार र साउनमा यहाँ अष्टेलियाली मान्ड्रिङ, मान्ड्रिङ  आरेनो, मान्ड्रिङ  इम्पेरियल, एभिना, भ्यालेसियाँ सिडिङ, नाभेल ३१५ इटाली जातका सुन्तला पाइने गर्दछ । 

उन्सु जिल्लका पाँच जना कृषकको रहे पनि अन्य जातका विदेशी सुन्तला उत्पादन गर्ने अर्याल एक मात्र रहनु भएको छ । अर्यालको बगैँचामा नेपाली एक हजार, उन्सु एक सय, मुन्तला २०, अन्य एक सय बोट रहेका छन् । 

बाहिरी देशबाट आउने सुन्तलाको प्रतिस्थापन गर्ने उद्देश्यले विदेशबाट सुन्तलाको बोट ल्याएर बेमौसमी सुन्तला लगाएको अर्यालले बताउनुभयो । नेपाली सुन्तला भन्दा बेमौसमी सुन्तला तीन गुण बढी पैसामा बिक्री हुने अर्यालको भनाई थियो । 

जापानी सुन्तलाहरू कीर्तिपुरबाट १४ वर्ष पहिला ल्याएर लगाउनु भएको हो भने विज्ञहरूको पहलमा माटो सुहाउने सुन्तला ल्याएको र कलमी गरेर बिस्तार अगाडी बढाएको अर्यालले बताउनुभयो । 

समुन्द्र सतहबाट आठ सय मिटरको उचाइमा सुन्तला पाइने भएकाले सोही हावापानीको खोजी खोजी लगाएको अर्यालले बताउनुभयो ।

सुन्तला लगाएरै वार्षिक १५ लाख आम्दानी गरेको बताउँदै अर्यालले विदेशी सुन्तलालाई धेरै क्षेत्रफलमा लगाएर थप उचाइमा पुग्ने लक्ष्य लिएको बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर