नेभिगेसन मेनु

आयात घट्दा भन्सार राजस्वमा २२ प्रतिशतको गिरावट
सम्पादक:南亚网络电视
समय:2023-07-25 13:15

Artha_Main-Saun-92023-07-25-06-31-45

गत आर्थिक वर्ष ०७९/८० मा आयात घट्दा भन्सारमार्फत सरकारलाई प्राप्त हुने राजस्व २२ प्रतिशतले घटेको छ । गत आवमा आयात १६ प्रतिशतले घटेको थियो । आयात गर्दा भन्सार महसुल, अन्तशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट)लगायतका शीर्षकमा आयातकर्ताले गत आवमा तीन खर्ब ७७ अर्ब २६ करोड राजस्व बुझाएका छन् । जुन अघिल्लो आव ०७८/७९ को तुलनामा एक खर्ब पाँच अर्ब १७ करोड कम हो । आव ०७८/७९ मा भन्सारमार्फत चार खर्ब ८२ अर्ब ४३ करोड राजस्व संकलन भएको थियो । 

भन्सार विभागले सोमबार सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँको वस्तु आयात भएको छ । अघिल्लो आव ०७८/७९ मा १९ खर्ब २० अर्ब ४४ करोडको आयात भएको थियो । तथ्यांकअनुसार आव ०७७/७८ मा १५ खर्ब ३९ अर्ब ८३ करोड रुपैयाँको आयात हुँदा चार खर्ब २० अर्ब ९७ करोड राजस्व संकलन भएको थियो । आव ०७६/७७ मा ११ खर्ब ९६ करोड ७९ लाख रुपैयाँको वस्तु आयात हुँदा दुई खर्ब ९८ अर्ब ९५ करोड राजस्व प्राप्त भएको थियो ।

दक्षिण एसियाको व्यापारसम्बन्धी अध्ययन गर्ने संस्था सावतीका अनुसन्धानकर्ता डा. पारस खरेलले आयात घट्दा भन्सार राजस्व कम हुनु स्वाभाविक भएको बताए ।

लक्ष्यअनुसार उठेन कर राजस्व

गत आवमा सरकारले १२ खर्ब ९५ अर्ब ३७ करोड कर राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, कर राजस्व संकलन आठ खर्ब ६५ अर्ब ६१ करोड रुपैयाँ मात्रै संकलन भयो । नेपाल सरकारको आम्दानी नै राजस्व संकलनमा निर्भर छ । त्यसमा पनि आयातमार्फत हुने राजस्वमै सरकारको आम्दानी बढी निर्भर छ । 

सरकारको कुल कर राजस्वमा ४० देखि ५० प्रतिशतसम्मको हिस्सा भन्सार राजस्वले ओगटेको हुन्छ । समीक्षा अवधिमा पनि यसको हिस्सा ४४ प्रतिशत छ । यसरी आयात घट्नुलाई सकारात्मक रूपमा लिए पनि राजस्व संकलनमा प्रभावित हुने गरेको जानकारहरू बताउँछन् । त्यसले बजेट कार्यान्वयनमा चुनौती खडा गर्ने उनीहरूको भनाइ छ । भन्सार विभागले भन्सार छली गर्न खोज्दा पक्राउ गरेका सामानलाई लिलामीमा बिक्री गरेर पनि थप आम्दानी गर्छ, त्यो तथ्यांकमा भने यसमा समावेश छैन ।

किन घट्यो आयात ? 

समीक्षा वर्षमा नेपालको वस्तु आयात १६.०८ प्रतिशतले घटेको छ । अघिल्लो आव ०७८/७९ मा १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँको वस्तु आयात भएको थियो । गत आवमा त्यो १६ खर्ब ११ अर्ब ७३ करोडमा सीमित भएको हो । मुख्यतः सरकारले सुरुवाती समयमा वस्तुको आयातमा लगाएको प्रतिबन्धका कारण नै आयात घटेको डा. पोखरेल बताउँछन् । बाह्य क्षेत्रमा परेको चापलाई दृष्टिगत गर्दै सरकारले ०७९ वैशाखदेखि पुससम्म केही विलासिता तथा अनाश्यक वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । साथै, नेपाल राष्ट्र बैंकले पनि एलसी खोल्दा १०० प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । सोही कारण गत आवको समग्र आयात घटेको उनको भनाइ छ । 

बाह्य क्षेत्र सहज भएसँगै सरकारले पुसपछि आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । राष्ट्र बैंकले पनि नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको छ । तैपनि, आयात बढ्न सकेको छैन । पछिल्लो समय देखिएको आर्थिक संकटका कारण वस्तुको माग घटेको छ, त्यसले गर्दा आयातमा कमी आएका व्यवसायीहरू बताउँछन् ।

निर्यात पनि घट्यो 

समीक्षा वर्षमा नेपालबाट हुने निर्यात पनि २१.४४ प्रतिशतले घटेको छ । अघिल्लो आव ०७८/७९ मा दुई खर्ब रुपैयाँको वस्तु निर्यात भएको थियो । गत आवमा त्यो एक खर्ब ५७ अर्ब रुपैयाँमा सीमित भएको छ ।मुख्यतः प्रशोधित पाम, सोयाबिनको तेलको निर्यात घट्दा समग्र निर्यातमा कमी देखिएको हो । अहिले यी वस्तुको निर्यात घटेपछि समग्र निर्यातमा कमी देखिएको डा. पोखरेल बताउँछन् । पहिला भारतले नेपालबाट उक्त तेलहरू आयात गर्दा ५ प्रतिशत र अन्य देशबाट आयात गर्दा ३० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरेको थियो । 

अहिले भारतले अन्य देशबाट आयात गर्दा लाग्ने भन्सारदर घटाएपछि नेपालको तेल स्वतः महँगो हुन गएको छ । अन्य देशको तेलसँग नेपाली तेलले प्रतिस्पर्धा नै गर्न सक्दैनन् । फलस्वरूप पछिल्लो समय त्यस्तो तेलको निर्यात उच्चदरमा घटेको छ । सोही कारण नेपालको समग्र निर्यात पनि घटेको हो ।  

गत आवमा ४१ अर्ब ६ करोड ४७ लाख रुपैयाँको प्रशोधित पामतेल निर्यात भएको थियो । अहिले त्यो २० अर्ब ५० करोड रुपैयाँमा सीमित भएको छ । यसैगरी, गत आवमा ४८ अर्ब १२ करोड चार लाखबराबरको सोयाबिन तेल निर्यात भएको थियो । तर, अहिले त्यो आठ अर्ब ४७ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ । यसरी धेरै निर्यात हुने वस्तुकै निर्यात घटेपछि यस्तो समस्या देखिएको हो । 

व्यापार घाटा कति ?  

समीक्षा वर्षमा नेपालको व्यापार घाटा १५.४५ प्रतिशतले घटेको छ । अघिल्लो आवमा १७ खर्ब २० अर्ब ४१ करोड रुपैयाँ रहेको व्यापार घाटा गत आवमा १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँमा सीमित भएको हो । मुख्यतः राष्ट्र बैंकको आयातमा कडाइ गर्ने नीतिले आयात घट्दा व्यापार घाटा पनि घटेको हो ।

आयात र राजस्व संकलन समान प्रवृत्तिमा नहुन सक्छ 

डा. पारस खरेल, अनुसन्धानकर्ता निर्देशक, सावती

आयात घट्दा भन्सार राजस्व घट्नु स्वाभाविक हो । तर, आयातको आकार तथा आयातको घटबढसँग राजस्व संकलन समान प्रवृत्तिमा नहुनु प्राविधिक विषय हो । सरकारले कुनै वस्तुमा परिमाणका आधारमा भन्सार लगाएको हुन्छ । कतिपय वस्तुमा मूल्यका आधारमा भन्सार लगाएको पाइन्छ । साथै, कुनै वस्तुमा धेरै शीर्षकमा र बढी कर लगाइन्छ । कतिपय वस्तुमा कम कर लगाइन्छ । त्यो अवस्थामा आयात र भन्सार राजस्व संकलन समान प्रवृत्तिमा नहुन सक्छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर