नेभिगेसन मेनु

आधुनिक कृषि खेतीले फेरियो जीवन
सम्पादक:南亚网络电视
समय:2023-07-21 18:07

1

खोटाङ, साउन ५ गते। आधुनिक कृषि खेतीले खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ का किशोर राईको जीवन फेरिएको छ। परम्परागत खेतीलाई छाडेर आधुनिक खेती सुरु गरेपश्चात राईको जीवन फेरिएको हो। आमा सञ्चहीरा राईले सुरु गरेको कृषि खेती अहिले छोरा किशोरले सम्हाल्नुभएको छ। तर खेती गर्ने तरिका फरक छ। 

आमा सञ्चहीरा राईको मिहिनेतले उत्पादन भएको तरकारी जिल्लाकै ठुलो बजार ऐंसेलुखर्क बजारमा हरेक हप्ताको शनिबार बिक्री हुन्थ्यो। कृषि क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी कार्यालय वा संघ संस्थाले उहाँलाई चिन्दै आएका थिए । धेरैचोटी उत्कृष्ट कृषकको पुरस्कार पनि सञ्चहराले प्राप्त गर्नुभएको छ। यद्यपि तरकारी खेतीबाट धेरै आम्दानी भने हुन सकेको थिएन। तर खेती गर्ने तरिका परिवर्तन गरेपछि अहिले कृषि खेतीबाट मनग्ये आम्दानी हुन थालेको छ। खेतीबाटै जीवन चल्न थालेको छ। 

किशोर राईको अहिले ३२ रोपनी क्षेत्रफलमा किवी खेती हुँदै आएको छ। ३५० बोटबाट उत्पादन भइरहेको किवीले वार्षिक आम्दानी पनि राम्रै दिँदै आएको राई सुनाउनुहुन्छ। किवीसँगै राईको फर्ममा किवी नर्सरी, वन नर्सरी, बन्दा, काउली, आलु, जुखुनी फर्सी, गाँजर, खुर्सानी, साँगलगायतका तरकारी खेती पनि छन्।   

राईको फर्मका तरकारीको स्वाद ऐंसेलुखर्कका प्राय घर र होटलसम्म पुग्ने गरेको छ। नेपाल आर्मी, नेपाल प्रहरी लगायतका कार्यालयमा पनि सोही फर्मबाट तरकारी जाने गरेको छ। तरकारी उत्पादनमा राईलाई श्रीमती कमला र आमा सञ्चहीराको दरिलो साथ छ। जमिनमा विभिन्न रोग तथा कीरा लाग्ने भएको कारण उहाँले टाँड बनाएर तरकारीको नर्सरी र तरकारी लगाउनुभएको छ। 

बिरुवा र तरकारी दुवैको बजार राम्रो रहेको उहाँ बताउनुहुन्छ। अन्य बार तरकारी खरिद गर्न होटल पसलबाट फर्ममै ग्राहक आइपुग्ने राईको भनाइ छ। साप्ताहिक हाट शनिबार भने बजारमा लगेर तरकारी बिक्री गर्ने गरेको उहाँ सुनाउनुहुन्छ। तरकारी जस्तै किवी पनि घरबाटै बिक्री हुने गरेको छ। 

सुरुमा अलैंची खेतीबाट आफ्नो कृषि यात्रा सुरु गर्नुभएका राईले, वन नर्सरीलाई पनि सँगै डोर्याउनु भयो। अहिले उहाँको विशेष आकर्षण किवी खेतीमा छ। तरकारी खेतीलाई पनि सँगै लिएर हिँड्नु भएका राईले किवीका बिरुवा भने थप्दै जाने बताउनुहुन्छ। किवी र तरकारीबाट हाल उहाँको वार्षिक ७÷८ लाख कमाइ भइरहेको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर