नेभिगेसन मेनु

उदयपुरका सातवटा पालिकाद्वारा बजेट सार्वजनिक
सम्पादक:南亚网络电视
समय:2023-06-25 19:05

0

गाईघाट, असार १० गते । चारवटा नगरपालिका र चारवटा गाउँपालिका गरी आठवटा स्थानीय तहहरू रहेको उदयपुर जिल्लाका सातवटा पालिकाले आइतबार आर्थिक वर्ष २०८०।०८१ लागि अनुमानित आय व्यय तथा नीति कार्यक्रम सार्वजनिक गरेका छन् । केही आन्तरिक झमेलाका कारण चौदण्डीगढी नगरपालिकाले अहिलेसम्म बजेट प्रस्तुत गर्न सकेको छैन ।

आ–आफ्नो पालिकाको भूगोल, जनसङ्ख्या र आवश्यकताका आधारमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, पर्यटन विकास र सामाजिक सुरक्षासँग सम्बन्धित कार्यक्रमहरूलाई मुख्य प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

पालिकाहरूले आ–आफ्नो आर्थिक गक्ष अनुसार स्रोत परिचालन  र राजश्व सङ्कलनका लागि करको दररेटसमेत निर्धारण गरेर बजेट सार्वजनिक गरेका छन् ।

जसअनुसार जिल्लाको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्तकुमार बस्नेतले एक अर्ब ४७ करोड रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । त्रियुगा नगरपालिकाको ११ औँ नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले सो परिमाणको बजेट तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । यसैगरी, कटारी नगरपालिकाका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले ८३ करोड ८६ लाख, वेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले ७७ करोड रुपियाँको बजेट सार्वजनिक गर्नुभएको हो ।  

उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर मगरले ८० करोड २७ लाख, रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले ५३ करोड ५६ लाख रुपियाँको अनुमानित बजेट प्रस्तुत गर्नुभएको छ । ताप्लि गाउँपालिकाका अध्यक्ष ढङ्गराज विकले ३६ करोड छ लाख र लिम्चुङ्बुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले ३६ करोड ३० लाख रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर