नेभिगेसन मेनु

पर्यटक आगमन उत्साहजनक
सम्पादक:南亚网络电视
समय:2023-06-08 13:34

Untitled-1 (21)

मुस्ताङमा पछिल्लो पाँच महिनाको अवधिमा करिब ४३ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङले दिएको जानकारी अनुसार सन् २०२३ को जनवरीदेखि मे महिनाको अन्तिमसम्ममा ४३ हजार ८६९ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्। तीमध्ये चार हजार ८७८ जना पर्यटक राउन्ड अन्नपूर्ण पदयात्राका लागि थोराङपास हुँदै मुस्ताङ जान अनुमति लिएका हुन्।  

वसन्त ऋतुको यो सिजनमा मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या अघिल्लो वर्षको भन्दा धेरै हो। मुस्ताङ भित्रिएका विदेशी पर्यटक जोमसोम, मुक्तिनाथ र अप्पर मुस्ताङको लोमान्थाङसम्मको भ्रमण गरेका छन्। लोमान्थाङ ऐतिहासिक प्राचीन बस्तीका रूपमा परिचित छ। यो अवधिमा एक हजार ९० जना विदेशी पर्यटकले लोमान्थाङको भ्रमण गरेको एक्यापले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ। अघिल्लो वर्षभन्दा यस वर्ष मुस्ताङमा उत्साहजनक रूपमा पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मुस्ताङका प्रमुख अशोक सुवेदीले बताउनुभयो। उहाँका अनुसार मुस्ताङ भित्रिने पर्यटकमध्ये ९० प्रतिशत छिमेकी मुलुक भारतका रहेका छन्। कोरोनाका कारण सुस्ताएको पर्यटन अब बिस्तारै पुरानै लयमा फर्किन लागेको सङ्केत मिलेको उहाँले बताउनुभयो।

एक्यापका प्रमुख सुवेदीले दिएको जानकारी अनुसार पछिल्लो पाँच महिनामा मुस्ताङ भित्रिएका पर्यटकको सङ्ख्या अघिल्लो वर्ष यो अवधिमा भित्रिएका पर्यटकभन्दा धेरै हो। अघिल्लो वर्षको यो अवधिमा २७ हजार पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए। मुस्ताङका बारेमा विदेशमा सकारात्मक प्रचारप्रसार भएकाले पर्यटक वृद्धि भएको उहाँको भनाइ छ। पदयात्रामा रमाउने, लोमान्थाङ, पूर्वमुस्ताङी राजदरबार, तिब्बती कला, संस्कृतिको अध्ययन र मुक्तिनाथ दर्शनका लागि विभिन्न मुलुकबाट पर्यटक आउने गरेको प्रमुख सुवेदीले बताउनुभयो। पर्यटक आगमन बढेसँगै मुस्ताङका होटल व्यवसायी उत्साहित भएका छन्। अमेरिकी समाचार संस्था सिएनएनले जारी गरेको प्रतिवेदनअनुसार सन् २०२३ मा घुम्नैपर्ने स्थानको सूचीमा मुस्ताङलाई पनि राखेकाले विदेशी पर्यटक बढ्ने अपेक्षा गरिएको एक्याप मुस्ताङका प्रमुख सुवेदीले बताउनुभयो। 

सडक यातायातको सहज पहुँच, पदयात्रा र भ्रमणका लागि अनुकूल मौसम, सुविधासम्पन्न होटल, प्रवर्धनात्मक गतिविधि र पूर्वाधार निर्माणसँगै मुस्ताङमा स्वदेशी पर्यटक बढेको जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख आइतलाल थकालीले बताउनुभयो। सडक निर्माणसँगै मासिएका पुराना पद मार्गको विकल्पमा नयाँ मार्गको विकास, धार्मिक स्थल दामोदरकुण्डलाई सडक सञ्जालमा जोड्ने, ऐतिहासिक महत्त्वका गुम्बा, दरबार र संस्कृति संरक्षणमा जोड दिन सके आगामी दिनमा अझै पर्यटक बढ्ने आशा गरिएको उहाँले बताउनुभयो।  

मुस्ताङको पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिलाई पूर्णता दिन आवश्यक रहेको छ। नयाँ गन्तव्यको पहिचान, प्रवर्धन र धार्मिक ऐतिहासिक सम्पदाको संरक्षणमा प्राथमिकता दिन आवश्यक रहेको उपप्रमुख थकालीले बताउनुभयो। 

उजाड पहाड, प्राकृतिक सुन्दरता, हिमाल, हिमाली हावापानी, परम्परागत थकाली संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन्। मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीय स्थल हुन्। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर