नेभिगेसन मेनु

कर्णाली नदीमा विपतसम्बन्धी अभ्यास
सम्पादक:南亚网络电视
समय:2023-05-18 12:58

Untitled-1 (2)

कर्णाली नदीको मध्य भागमा बुधबार दिउँसो केही मानिस बचाउ बचाउ भन्दै रोइ कराइरहेका थिए । त्यही बेला सशस्त्र प्रहरी बलका डुङ्गामा (मोटरबोट) सुरक्षाकर्मीसहितको उद्धार टोली नदीमा दौडियो । 

सोही अवस्थामा स्वास्थ्यकर्मीको टोली पनि उनीहरूको प्रारम्भिक उपचारका लागि घटनास्थलमा पुग्यो ।

सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको घाइतेलाई सशस्त्रकै एम्बुलेन्सले अस्पताल लगिरहेको थियो । सशस्त्रकै गोताखोर टोलीले मृतक बच्चालाई नदीको गहिराइबाट निकाल्यो । यो दृश्य वास्तविक दृश्य नभई कर्णाली नदीमा गरिएको विपत्सम्बन्धी काल्पनिक अभ्यास थियो । 

धनगढीबाट काठमाडौँ जाँदै गरेको बस कर्णाली नदीमा खसेको दृश्यलाई उद्धार अभ्यासका रूपमा प्रयोग गरिएको थियो । सशस्त्र प्रहरी वैद्यनाथ बाहिनी मृख्यालय, कैलालीको आयोजनामा जल उत्पन्न प्रकोप प्रतिकार्य सम्बन्धी अभ्यासका व्रmममा कर्णाली नदीमा सो दृश्य देखिएको हो ।

बर्सातको समय आएकाले पूर्वतयारी स्वरुप प्रतिकार्य सम्बन्धी अभ्यास गरिएको बाहिनीका बाहिनीपति, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले बताउनुभयो । सुदूरपश्चिम प्रदेश सरकार प्रमुख सचिव नारायण शर्मा दवाडीले सशस्त्र प्रहरीको उद्धार टोली वास्तविक घटनामा पनि यही तरिकाले खट्ने विश्वास गर्नुभयो । उहाँले विकासले विपत् निम्त्याउन नदिनका लागि पनि सचेत हुनुपर्ने धारणा राख्नुभयो । 

लम्कीचुहा नगरपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका र बर्दगोरिया गाउँपालिकाका प्रमुखको समेत उपस्थिति रहेको सो कार्यव्रmममा लम्कीचुहा नगरपालिकाका प्रमुख सुशीला शाहीले विपत् सम्बन्धी पूर्वतयारी अभ्यासले वास्तविक घटनाको बेला उद्धार गर्न सहज हुने बताउनुभयो । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले कैलाली विपत्को बढी जोखिम भएको चर्चा गर्दे स्थानीय तह र सशस्त्र प्रहरी लगायतका सुरक्षा निकाय मिलेर अझ प्रभावकारी काम गर्नुपर्ने बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर