नेभिगेसन मेनु

ड्रागन रेसका लागी फेवातालमा आइपुगे ८ वटा बोट
सम्पादक:南亚网络电视
समय:2023-06-07 16:42

phewa_Rt3DIAZPiJ

ड्रागन रेस फेस्टिभलको तयारीका क्रममा बुधबार पोखराको फेवातालमा ड्रागन रेसको तयारी गर्दै नेपाली र पोखरामा रहेका चिनियाँ । तस्बिर : अन्नपूर्ण

नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभल २०२३ का लागि ८ वटा चिनियाँ डुंगा पोखरा आइपुगेका छन् । फेवाताल किनारमा चिनियाँ ड्रागन रेस फेस्टिभलको तयारी थालिएको छ । फेस्टिभलमा हुने डुंगा रेसका लागि चिनियाँ ड्रागन डुंगा पोखरा आइपुगेको हो ।

नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड फेस्टिभलको मुख्य आयोजक रहेका छन् । पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसियसन पोखराको सहआयोजनामा नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभल हुन लागेको हो । 

पोखराको फेवाताल किनार क्याम्पिङ चोकमा असार ८ र ९ गते नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभलको तयारी गरिएको छ । चिनियाँ ४ टिम र नेपाली ४ टिम गरी ८ टिम बीच  ५ सय र हजार मिटर डुंगा दौड प्रतियोगिता हुने छ ।

विजयी टिमलाई पुरस्कारको पनि व्यवस्था गरिने परिषद्का अध्यक्ष श्रेष्ठले बताए । नेपालमै पहिलो पटक चिनियाँ ड्रागन रेस फेस्टिभल हुन लागेको हो । फेस्टिभलले चिनियाँ पर्यटन प्रवद्धनमा पनि सहयोग पुग्ने पर्यटन व्यवसायीको विश्वास छ । फेस्टिभलमा नेपालस्थित चिनियाँ राजदूत र चीनका तीन सहरका मेयर लगायतको पनि सहभागीता रहने आयोजकले बताएका छन् । 

दुई दिने फेस्टिभलमा नेपाली, चिनियाँ खानाका विभिन्न परिकार पस्किने छन् । नेपाली तथा चिनियाँ सांस्कृतिक कार्यक्रम पनि फेस्टिभलको आकर्षण रहने पोखरा पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठले बताए ।  नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागीका लागि २६० जना चिनियाँ विमान चार्टड गरेर आउने बताएको छ । डुंगा रेसका लागि ६० जना खेलाडी पनि आउने परिषद्का अध्यक्ष श्रेष्ठले बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने गरी जुन २१ मा दुई वटा चार्टड विमान चीनबाट पोखरा आउने तयारी छ । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान समेत हुने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित छन् । चार्टड विमान आउने र त्यसपछि नियमीत उडान पनि हुने विश्वासमा पर्यटन व्यवसायी निर्धक्क छन। यस फेस्टिभलकालागि २ करोड ५० लाख अनुमानित खर्च लाग्ने बताइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर