नेभिगेसन मेनु

दक्षिण एसियामै पहिलोपटक ‘ड्रयागन बोट रेस फेस्टिबल’
सम्पादक:南亚网络电视
समय:2023-05-10 12:53

图片_20230510103453

पोखरा महानगरपालिका र काठमाडौंस्थित चिनियाँ दूतावासको सहकार्यमा पोखरामा पहिलोपटक ‘ड्रयागन बोट रेस फेस्टिबल’ आयोजना गर्न लागिएको छ । महोत्सव आगामी असार ८ गतेदेखि दुई दिनसम्म हुनेछ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी र दूतावासका डेपुटी चिफ अफ मिसन (डिसिएम) वाङ शिनले आ–आफ्नो संस्थाको तर्फबाट महोत्सव आयोजना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् ।

त्यस्तै, पोखरा पर्यटन परिषद् र नेपाल–चाइना ओभरसिज एसोसिएसन महोत्सवको सहआयोजक रहेको बताइएको छ । प्रतियोगितामा चीनबाट ल्याइएका विशेष डिजाइनका ‘ड्रागन थिम’ सम्बन्धी आठ वटा डुङ्गालाई सहभागी गराइने छ । 

नेपालका सातै प्रदेशका प्रतियोगिहरुले भाग लिने र पोखरामा हुन लागेको उक्त महोत्सव दक्षिण एसियामै पहिलोपटक आयोजना गर्न लागिएको हो । चिनियाँ दूतावासले भनेको छ, ‘चिनियाँ पर्यटकको रोजाइको गन्तव्य पोखरा ड्रागन बोट रेस फेस्टिबल आयोजना गर्ने दक्षिण एसियाकै पहिलो सहर हुनेछ ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर