नेभिगेसन मेनु

सात पटक म्याद थप्दा पनि बनेन सडक
सम्पादक:南亚网络电视
समय:2023-05-13 13:10

Untitled-1 (1)

पुथाउत्तरगङ्गा गाउँपालिका–१४, देउखोलादेखि सिस्ने गाउँपालिका–२, नायगाड–पुथाउत्तरगङ्गा

जामाबगर सडकखण्ड पाँच वर्षदेखि अलपत्र अवस्थामा छ। २०७५ साल असोजको पहिलो सातादेखि देउखोला–नायगाड–जामाबगर–त्रिवेणी सडकखण्डमा ट्र्याक खोल्ने काम सुरु गरिएको थियो।  त्यस समयदेखि हालसम्म सात पटक म्याद थप गरिए पनि अहिलेसम्म सडकको ट्रयाक खोल्ने काम अलपत्र छ। ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) को बजेटमा पिएच शङ्करमाली जेभी निर्माण सेवाले सडक निर्माणको जिम्मा पाएको छ। ११.६ किलोमिटर यस सडकखण्डमा पहरा र चट्टान भएको तीन किलोमिटर क्षेत्रमा ट्र्याक खोल्ने काम चार वर्षदेखि अलपत्र पारिएको छ।  यो ग्रामीण सडकखण्ड जिल्लाको उत्तर, दक्षिणलाई जोड्ने एक महत्त्वपूर्ण सडक रहेको छ। रुकुम पश्चिम हुँदै रुकुमपूर्वको देउखोलासम्म हाल यो सडक सञ्चालनमा छ। भविष्यमा यस सडकलाई रुकुमपश्चिम–रुकुमपूर्व हुँदै डोल्पासँग जोड्ने बताइएको छ। 

देउखोला–नायगाड–जामाबगर सडक ट्र्याक खोल्नेदेखि सडक कालोपत्र गर्ने गरी ठेक्का लागेको आरसिआइपीको कार्यान्वयन कार्यालय रुकुमपश्चिमका आयोजना व्यवस्थापक टङ्कप्रसाद खनालले बताउनुभयो। भौगोलिक विकटताका साथसाथै निर्माण व्यवसायीको लापरबाहीका कारण पाँच वर्षसम्ममा पनि ट्र्याक नखोलिएको खनालले बताउनुभयो। उहाँले भन्नुभयो, “पाँच वर्षको अवधिमा सात पटक म्याद थप्दा सडक निर्माणको काम अलपत्र छ।”  सातौँ पटकको म्याद थपको समय असारसम्म छ। अहिले पनि ठेकेदारले काम नगरेकाले असार महिनामा पनि काम नसक्ने देखिएको खनालको भनाइ छ। अब काम नगर्ने ठेकेदारको म्याद थप नगर्ने, ठेक्का तोड्ने मात्र नभई कालो सूचीका लागि सिफारिस गरिने खनालले बताउनुभयो। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर