नेभिगेसन मेनु

पुल नहुँदा सास्ती
सम्पादक:南亚网络电视
समय:2023-05-28 18:01

0

नेपालगञ्ज, जेठ १४ गते । बाँकेको राप्तीसोनारी गाउँपालिका–५ को ललही गाउँको खोलामा वर्षौंदेखि माग गरे पनि पुल नबन्दा सो क्षेत्रका बासिन्दाले आवागमनमा समस्या भागिरहेका छन्। 

ललही गाउँबाट बिनौना र राप्ती नदीतर्फ जाने बाटोमा रहेको खोलामा पुल नहुँदा सबैभन्दा बढी समस्या दाहसंस्कारका लागि शव लिएर राप्ती नदीमा जान समस्या हुने गरेको स्थानीयले जनाएका छन्।  वडा नं. ५ का वडाध्यक्ष झगरु थारूले यस क्षेत्रका बासिन्दाले वर्षौंदेखि खोलामा पुल बनाउन माग गर्दै आए पनि सुनुवाइ हुन नसकेको बताउनुभयो। 

उहाँले पक्की पुल नहुँदा बाँसले बनाएको अस्थायी नाम मात्रको पुलबाट आवागमन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो। खोलामा पुल नबन्दा किसानलाई खोलापारि खेतबारीमा जान आउन, गाईबस्तु चराउन जान आउन समस्या हुने गरेको उहाँले बताउनुभयो। 

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले खोलामा पुल बनाउनुपर्ने माग स्थानीयले गरेको जनाउँदै आफूले त्यसका लागि प्रदेश सभा सदस्यलाई आग्रह गरेको बताउनुभयो।  बाँके क्षेत्र नं. १ बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले सो खोलामा पुल निर्माणका लागि जनताको माग पटक पटक आएकाले आफूले निरन्तर गरेको प्रयासस्वरूप सो पुल निर्माण हुने निश्चित भएको बताउनुभयो। 

उहाँले लुम्बिनी प्रदेश सरकारले त्यहाँ पुल बनाउने निर्णय गरेर विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेकाले केही दिनमै पुल निर्माण सुरु गरिने बताउनुभयो। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर