नेभिगेसन मेनु

पाँच महिनादेखि तलब पाएनन् स्वास्थ्यकर्मीले
सम्पादक:南亚网络电视
समय:2023-05-17 14:03

Untitled-1 (7)

पाँच महिनादेखि तलब नपाएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। तलब नपाएको भन्दै स्वास्थ्य कर्मचारीले नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन्। स्वास्थ्यकर्मीले तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जागेश्वरीदेवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याललाई ज्ञापनपत्र बुझाएका हुन्। तिलोत्तमा नगरपालिकामा ४५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकामा अहिले ७८ जना कार्यरत छन्। 

दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी कार्यरत भएपछि सङ्घीय सरकारले दरबन्दी अनुसारको मात्रै तलब पठाएको छ। त्यसमा पनि गत आर्थिक वर्षमा वृद्धि भएको १५ प्रतिशत तलब नपठाएको तिलोत्तमा–४ स्थित आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख ईश्वरी पौडेलले बताउनुभयो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले स्वास्थ्य मन्त्रालयले दरबन्दीबाहेकका कर्मचारीको तलब सरकारले नपठाउँदा समस्या भएको बताउनुभयो। स्वास्थ्यकर्मीले भने आफूहरू स्थानीयमा समायोजन भएर आएकाले स्वास्थ्य मन्त्रालयसँग सरोकार नराख्ने बताएका छन्। स्वास्थ्यकर्मी गणेश गौतमले भन्नुभयो, “हामी समायोजन भएर आएका हौँ, यो कुरा स्थानीय सरकार बुझ्नुपर्ने हो। स्वास्थ्य मन्त्रालय हामीले जान्दैनौँ, हामीले काम गरेको अवधिको पाँच महिनादेखिको तलब तत्काल पाउनु पर्छ।”  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर